प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने « Khabarhub

प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ ।

चितवनमा पुस १० (२६ डिसेम्बर) देखि शुरु हुने १८औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो ।

यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

जनवरी ३ तारिखमा सौराहामा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाट भ्रमण वर्षको शुभारम्भ गरिने उनले बताए । हात्ती महोत्सवको समायवधि बढेपछि कार्यक्रमहरु पनि थप गरिएको उनले जानकारी दिए ।

यसअघिका वर्षमा हटाइएका टाँगा दौड, गाडा दौड, डुङ्गा दौड भ्रमण वर्षलाई लक्षित गरेर पुनः समावेश गरिएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलले विशेष चासो राखेपछि हात्ती महोत्सवको समय थप गर्न सौराहाका व्यवसायी तयार भएका हुन् । मुख्यमन्त्री पौडेलले सौराहाका व्यवसायीसँग छलफल गरेर चितवनबाटै प्रदेशको भ्रमण वर्ष शुभारम्भ गर्न आग्रह गरे । उनले चितवनको सौराहालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको सौराहामा वर्षेनी लाखौँ पर्यटक आउने गरेका छन् । पर्यटकहरु गैंडा, हात्तीलगायतका जनावरहरु र थारू संस्कृतिको अवलोकन गर्न सौराहा आउँछन् । क्रिसमसका समयमा विदेशी पर्यटक कम हुँदै जान्छन् । पर्व मनाउन उनीहरू आफ्नै देश फर्कन्छन्। “नेपाल आएका विदेशी पर्यटक पनि सौराहामै रमाउन् र स्वदेशी पर्यटकको चाप पनि बढोस् भनेर प्रत्यक वर्ष हात्ती महोत्सव गरिँदै आएको छ”, भट्टराईले भने ।

भ्रमण वर्ष लक्षित गरेर सौराहामा रात्रिकालीन जिप सफारी, फुड फेस्टिबललगायतका अन्य नयाँ कार्यक्रम पनि आयोजना गर्न लागिएको उनको भनाइ छ । चितवनमा भ्रमण वर्ष २०२० मा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ११ : ३४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग