सरकार राज्य दोहनमा सक्रिय बन्यो : नेता कोइराला « Khabarhub

सरकार राज्य दोहनमा सक्रिय बन्यो : नेता कोइराला


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार राज्य दोहनमा सक्रिय बनेको आरोप लगाएका छन् ।

राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल लगायत व्यक्तिगत लाभका लागि दिन ऐन नै संशोधन गर्नसमेत सरकार पछि नपरेको उनको आरोप छ ।

‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संशोधन गर्ने काम भएको छ’, नेता कोइरालाले भने,’ यति होल्डिङ्सको फाइदाका लागि सरकार लागेको छ । यो राज्य दोहनको चरम उदाहरण हो ।मुलुकका लागी यो भन्दा बदमासी के हुन सक्छ ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग,राजस्व अनुसन्धान बिभाग र सम्पत्ती शुद्धिकरण विभागले यस्ता विषयमा ध्यान दिन नसकेको उनको आरोप छ । यति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघा भन्दा बढि जग्गाका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी नदेखिएको उनको भनाइ छ ।

यस्ता विषयमा जनताले सरकार र मन्त्रीहरुसॅग प्रश्न गर्ने समय आएको नेता कोइरालाको भनाइ छ । उनले सरकार राज्य दोहनमा उद्यत भएको समयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउनु पर्ने बताए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ११ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप