मागपत्रको पूर्वस्वीकृति अब अनलाइनबाटै « Khabarhub

मागपत्रको पूर्वस्वीकृति अब अनलाइनबाटै


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले अनलाइन मार्फत नै मागपत्र स्वीकृत गर्नेगरी तयारी शुरु गरेको छ ।

हाल फाइल बोकेर श्रम कार्यालय ताहचल जाने प्रक्रियालाई अन्त्य गर्न तयारी अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

सुरक्षित आप्रवाशनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार वोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी कार्यक्रममा विभागले गर्ने कामलाई अनलाइन प्रणालीमा जोड्ने प्रक्रिया तीव्र पारिएको महानिर्देशक भुसालले बताए ।

हाल म्यानपावर कम्पनीले श्रम प्रतिनिधि राखेर फाइल लिएर श्रम कार्यालय जाने गरेका छन् । यस्तो कार्यलाई अन्त्य गर्दै विभागले दिने मागपत्रको पूर्वस्वीकृति अनुरुप नै श्रमिकले अनलाइन मार्फत नै आवेदन दिई योग्यता अनुरुप व्यवसायीले छनौट गर्नसक्ने व्यवस्था गर्न लागिएको भुसालले जानकारी दिए।

वैदेशिक रोजगार सुधार गर्न विभाग एक्लैले नसक्ने भन्दै भुसालले सुधारका लागि स्टेक होल्डर पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए । श्रम स्वीकृतिका लागि अनलाइनबाट फारेा अनलाइन भुक्तानी गरि सेवाग्राहीलाई सहजीकरण गर्न लागिएको भुसालले बताए ।

वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बैदेशिक रोजगारबाट फर्किएकाहरुको निशुल्क सीप परीक्षण व्यवस्था गरिएको बताए । वोर्डले यसै आर्थिक वर्षमा १९ विषयलाई समेट्दै १५ हजार युवाहरूलाई निशुल्क तालिम दिन लागिएको उनले बताए ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले व्यवसायीले अनाधिकृत शुल्क लिने गरेको आरोप स्वीकार गर्दै विभागले गर्ने अनुगमनलाई पनि मिडियामा छापा भनेर व्याख्या गरिएकोमा दुखेसो पोखे । अन्तराष्ट्रिय अभ्यास हेरेर नेपालमा नियम बन्नुपर्ने भन्दै उनले व्यवसायीले लिने सेवा शुल्क परिमार्जन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : १६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल