मेलबर्न स्टार्सले सिजनको पहिलो खेल खेल्दै, सन्दीपले खेल्न पाउलान् ? « Khabarhub

मेलबर्न स्टार्सले सिजनको पहिलो खेल खेल्दै, सन्दीपले खेल्न पाउलान् ?


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिग बास लिग (बीबीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली मेलबर्न स्टार्स ले यो सिजनको पहिलो खेल आज खेल्दैछ ।

मेट्रिकन क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा सुरु हुनेछ । सन्दीपको टोलीले स्टार्सले आज ब्रिस्बाने हिटसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।

अघिल्लो बर्ष स्टार्स बीबीएलको फाइनलसम्म पुगेको थियो । फाइनलमा मेलबर्न रेनेगार्डसँग १३ रनले पराजित भएको स्टार्स यो सिजनमा उपाधि उचाल्ने लक्ष्यमा रहेको कप्तान ग्यलेन म्याक्सवेलले यसअघि नै बताइसकेका छन् ।

दोस्रो सिजनमा बिबीएल खेल्न लागेका नेपाली स्पिनर सन्दीप लामिछानेले अघिल्लो बर्ष स्टार्सबाट ७ खेल खेल्न पाएका थिए । पहिलो पटक बिबीएल खेलेका उनले ७ खेलमा ११ विकेट हात पारेका थिए ।

बिबीएलमा उनले सबैभन्दा राम्रो ३–११ रहेको छ । अघिल्लो बर्ष सन्दीपले पाएको अवसरको सदुपयोग गरेका थिए ।

स्टार्सले पहिलो खेल खेलिरहँदा नेपाली क्रिकेट प्रेमी सन्दीप टिममा पर्लान वा नपर्लान भन्न आशंकामा छन् ।

सन्दीप पछिल्लो लामो समयदेखि बीबीएलको तयारीमा छन् । केही समय अगाडि दुवईमा सम्पन्न टि–१० लिगमा उनले ५ खेलमा ६ विकेट लिएका थिए ।

स्टार्सले बिहीबार टुइटरमा सन्दीपको अघिल्लो सिजनको प्रदर्शनको भिडियो सार्वजनिक गरेको थियो । जसमा उसले लेखेको छ,‘यो सबै भोलीदेखि सुरु हुँदैछ ।’

यसले पनि बिग बासको पहिलो खेलमा सन्दीपले खेल्ने सम्भावना देखिन्छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ३० बजे

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी

काठमाडौं- पश्चिम एशियामा द्वन्द्व बढ्दै जाँदा इरानले आइतबार इजरायलका विभिन्न

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

कांग्रेसबाट १५ महिला र ५ पुरुष समानुपातिक सांसद बन्दै, आयोगमा पठाइयो नाम

काठमाडौं– नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन