कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका लागि स्थगित « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका लागि स्थगित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो ।

बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार आजदेखि संसद शुरु हुने भएका कारण र नेताहरु जिल्ला बाहिर जाने कार्यक्रम रहेका कारण बैठक स्थगित भएको हो ।

गत बिहीवारबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बस्न सकिरहेको छैन ।

कांग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ संगठन, विभाग लगायतमा नेता पौडल सिटौला पक्षधरको असन्तुष्टि रहँदै आएको छ ।

विवाद मिलाउन नेताहरू सक्रिय भएपनि समस्या समाधान भने हुन सकिरहेको छैन । महाधिवशेनको कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडान नेता पौडेलले राख्दै आएका छन् । त्यस्तै पौडेल पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलका साथै विभागहरुमा पनि भागबण्डा खोजेपछि कांग्रेस भित्रको विवाद पेचिलो बनेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ४८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार