किया मोटरले जावलखेलमा शुरु गर्‍यो आधुनिक शोरुम « Khabarhub

किया मोटरले जावलखेलमा शुरु गर्‍यो आधुनिक शोरुम


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा आधुनिक सुबिधासहितको शोरुम सञ्चालनमा लाएको छ ।

कियाले थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट) एकै ठाउँमा उपलब्ध हुने गरी शुक्रबारदेखि जावलाखेलमा आधुनिक शोरुम सञ्चालनमा ल्याएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शोरुमको उद्घाटन गरे ।

शोरुममा कियाबाट उत्पादन भएका नेपालमा बिक्री हुने सबै गाडी उपलब्ध हुनेछन् । कम्पनीले उक्त शोरुमबाट बिक्री पछिका सेवाहरु सर्भिसिङ र स्पेयर पार्ट पनि उपलब्ध गराइने जनाएको छ ।

करिब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जना भन्दा बढी प्रबिधिक तथा कर्मचारी सेवामा रहने कम्पनीले जनाएको छ ।

जावलाखेलमा शोरुम उद्घाटनसंगै शुक्रबार नै नेपालमा बहुप्रतिक्षित किया सेल्टोस गाडी लञ्च पनि गरिएको छ । सोल्टोसको मुल्य नेपालम बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजार सम्म पर्ने कम्पनीले जानकारी दिएको छ ।

किया जाउलाखेलले सुरुवाती बुकिङमा १ लाख ५० हजार सम्मको नगद छुटको सुविधा दिएको छ । जसले ग्राहकलाई आफ्नो रोजाइको गाडी किन्न सहज हुने कम्पनीको विश्वास छ ।

कियाले सन् २०१९ देखि भारतमा आफ्नो उत्पादन शुरु गरेको थियो । भारतमा निकै लोकप्रिय भएको सेल्टोस नेपालमा पनि सफल हुने कम्पनीको विश्वास छ ।

यस्तै, किया जाउलाखेलबाट बिद्युतीय गाडीको बिक्री पनि शुरु गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : ०१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै