कमाइ र लोकप्रियतामा विराटले सलमान खानलाई पछि पारे, कसले कति कमाए ? « Khabarhub

कमाइ र लोकप्रियतामा विराटले सलमान खानलाई पछि पारे, कसले कति कमाए ?


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले कमाइ तथा लोकप्रियतामा बलिउड स्टार सलमान खानलाई पनि पछि पारेका छन् ।

फोर्ब्स म्यागजिनले तयार गरेको भारतका १०० हस्तीहरुको सूचीमा यसपटक विराट कोहली पहिलो नम्बरमा आएका हुन् । सूचीनमा पछिल्लो तीन वर्षमा सलमान खानको नाम सबैभन्दा माथि थियो ।

यससँगै विराट यो सूचीमा पहिलो नम्बरमा हुने पहिलो खेलाडी बनेका छन् ।

सूचीलाई विज्ञापनबाट हुने कमाइ र उनको लोकप्रियताको आधारमा तयार गरिने गरिएको छ ।

फोर्ब्सका अनुसार २५२.७२ करोड रुपैयाँ कमाइका साथ विराट सबैभन्दा माथि रहेका छन् । दोस्रो नम्बरमा अक्षय कुमार छन् । जसको कमाइ २९३.२५ करोड रुपैयाँ रहेको छ । ज्यादा कमाइका बाबजूद लोकप्रियताको मामलामा विराटभन्दा कमजोर हरका कारण अक्षय दोस्रो स्थानमा रहेका छन् ।

२२९.२५ करोड रुपैयाँ कमाइका साथ सलमान खान यस पटक तेस्रो नम्बरमा पुगेका छन् ।

अमिताभ बच्चन तथा एमएस धोनी क्रमश चौथो र पाँचौ स्थानमा रहेका छन् । उनीहरुको कमाइ क्रमश २३९.२५ करोड र १३५.९३ करोड रहेको छ । छैठौं र सातौं स्थानमा क्रमश शाहरुख खान र रणवीर सिंह रेका छन् । उनीहरुको कमाइ क्रमश १२४.३८ करोड र ११८.२ करोड रहेको छ ।

टप टेनमा दुई जना महिला पनि अटाएका छन् । जसमा ५९.२१ करोडका साथ आलिया आठौं र ४८ करोड रुपैयाँका साथ दीपिका पादुकोण १० औं स्थानमा रहेकी छिन् । पूर्व क्रिकेटर सचिन तेन्दुलकर ७९.९६ करोड रुपैयाँ कमाइ गर्दै ९ औं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : ३३ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना