बीमा कम्पनीले कालोधन नभएको प्रमाणित गर्नुपर्ने « Khabarhub

बीमा कम्पनीले कालोधन नभएको प्रमाणित गर्नुपर्ने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जीवन बीमा गर्दा बीमित स्वयमले कालोधन नभएको प्रमाणित गर्न थालेका छन् ।

१९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयमबाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण लिएर काम गर्ने गरेको जनाएको छ ।

बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान केही अघिदेखि नै लागू भएको भएपनि सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण लेखेर हस्ताक्षर गर्नुपर्ने नियम लागू भएको थिए ।

नयाँ तथा पुराना गरी १९ वटै जीवन कम्पनीहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान राखेर बीमित स्वयम्लाई हस्ताक्षर गराउन थालेको जनाएका छन् ।

बीमितले आफूसँग कालोधन नभएको र कुनै पनि छानविन गर्न चाहेमा आफ्नो मन्जुरी रहेको भन्ने व्यवहोरा समेत बीमा समितिलाई जानकारी गराउनु पर्ने प्रावधान राखिएको छ ।

बीमा समितिले सम्पत्ति शुद्धिकरण विभागकै अधिकारीहरुलाई सहभागी गराएर गत कार्तिक ७ गते ४० वटै बीमा कम्पनीका जिम्मेवार अधिकारीहरुलाई बोलाएर कालोधन रोक्ने प्रावधान लागू गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : १९ बजे

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको