धनगढीमाथि चितवनको जित « Khabarhub

धनगढीमाथि चितवनको जित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार तेस्रो जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा एक्पर्ट धनगढीलाई ५२ रनको अन्तरले पराजित गर्दै चितवनले लगातार तेस्रो जित निकालेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ४९ रन बनाए । यस्तै रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१ तथा अमित यादबले १७ रन बनाए ।

धनगढीविरुद्ध चितवनका भुवन कार्कीले ३ विकेट लिए भने करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

चितवनका लागि आरिफ शेख सर्वाधिक ४७ रन बनाए । यस्तै सन्नी पटेलले अविजित ३२ रन बनाए ।

त्यस्तै बाबर हायतले ३६ रन जोड्दा कप्तान पारस खड्काले २३ रन बनाए । अनिल साहले १९ रन जोडे ।

धनगढीका दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २–२ विकेट लिए ।

जितसँगै चितवनले ३ खेलमा ६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

धनगढी ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : २५ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा