ए डिभिजन लिग: मछिन्द्रले च्यासलसँग अंक बाड्यो « Khabarhub

ए डिभिजन लिग: मछिन्द्रले च्यासलसँग अंक बाड्यो


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा स्टार खेलाडीले भरिएको मछिन्द्र क्लब हारबाट जोगिएको छ ।

शुक्रबार सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग १–१ गोल बराबरी खेल्दै अंक बाँडेको हो ।

पहिलो हाफमा १–० गोलले पछि परेको मछिन्द्रका लागि खेलको ८८ औं मिनेटमा देबेन्द्र तामाङले गोल फर्काएका थिए ।

मछिन्द्रमाथि पहिलो हाफमा हावी भएको च्यासलका लागि अनुभवी खेलाडी सन्तोष साहुखलले गोल गरेका थिए । उनले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

सन्तोष साहुखलले लिगमा योसहित तेस्रो गोल गरेका हुन् ।

बराबरीसँगै च्यासल लिगमा ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने मछिन्द्रले दुई खेलबाट ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : २७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक