फ्रेण्ड्सलाई हराउँदै ब्रिगेड ब्वाइजको पहिलो जित « Khabarhub

फ्रेण्ड्सलाई हराउँदै ब्रिगेड ब्वाइजको पहिलो जित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा सुक्रबार भएको खेलमा बीबीसीले फ्रेण्ड्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा बीबीसीले दुवै गोल दोस्रो हाफको अन्तिममा गरेको थियो । ८८औं मिनेटमा जय गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसपछि इन्जुरी समयमा रोशन रानामगरले गोल गर्दै बीबीसीको जित पक्का बनाए । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए ।

बीबीसीले यसअघि पहिलो खेलमा मच्छिन्द्रसँग २–० गोलको हार खेपेको थियो । फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । फ्रेन्ड्स पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–१ गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ६ : ११ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक