फ्रेण्ड्सलाई हराउँदै ब्रिगेड ब्वाइजको पहिलो जित « Khabarhub

फ्रेण्ड्सलाई हराउँदै ब्रिगेड ब्वाइजको पहिलो जित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा सुक्रबार भएको खेलमा बीबीसीले फ्रेण्ड्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा बीबीसीले दुवै गोल दोस्रो हाफको अन्तिममा गरेको थियो । ८८औं मिनेटमा जय गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसपछि इन्जुरी समयमा रोशन रानामगरले गोल गर्दै बीबीसीको जित पक्का बनाए । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए ।

बीबीसीले यसअघि पहिलो खेलमा मच्छिन्द्रसँग २–० गोलको हार खेपेको थियो । फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । फ्रेन्ड्स पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–१ गोलले पराजित भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ६ : ११ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा