राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छ- मन्त्री मगर « Khabarhub

राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छ- मन्त्री मगर


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- खानेपानी मन्त्री बिना मगरले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छिन् ।

तत्कालीन नेकपाका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा शुक्रबारबाट शुरु भएको ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकाे उद्घाटन गर्दै उनले राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याएकाे बताएकी हुन् ।

‘राष्ट्रको नाम र इज्जत बढाउने क्षेत्र भनेकै खेलकुद हो ।’ उनले भनिन् ‘खेलकुदले खेलाडीलाई अनुशासित हुन मात्रै सिकाउँदैन । राष्ट्रको पहिचानमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले खेल क्षेत्रमा लगानी बढाउनु जरुरी छ ।’

नेपालमा सक्षम र क्षमतावान् खेलाडी उत्पादन गर्नका लागि यस्ता खेलकुदका कार्यक्रमहरु निरन्तर गरिनुपर्ने बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा खेलकुद क्षेत्रले पनि उत्तिकै भूमिका खेल्ने धारणा राखेकी थिइन ।

‘राष्ट्रका हरेक युवाहरुलाई खेलकुदमा सहभागी गराउनुपर्दछ ।’ उनले भनिन्, ‘खेलकुदले अनुशासित गराउँदै युवाहरुलाई अघि बढ्ने क्षमताको विकास गर्दछ ।’

कार्यक्रममा नेपाल तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले हालै नेपालमा सम्पन्न साग खेलकुदमा नेपालले गरेको प्रगति यस्तै प्रतियोगिताहरुबाट सम्भव भएको बताए ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिल गर्नका लागि पनि स्थानीय स्तरबाटै खेलाडीहरुलाई हौसला प्रदान गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष महर्जनले बताए ।

नागदह तेक्वान्दो डोजाङले ललितपुरको धापाखेलमा आयोजना गरेको उक्त प्रतियोगिताको शनिबार सम्पन्न हुनेछ । काठमाडौं उपत्यका बाहेक देशका विभिन्न १५ जिल्लाहरुबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरु मध्ये प्रथम हुनेले पचास हजार, दोस्रो हुनेले तीस हजार र तेस्रो हुनेले बीस हजार नगद रकम प्राप्त गर्ने आयोजक समूहका कार्यक्रम संयोजक कविराज मालीले जानकारी दिए ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जनही ५–५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने मालीले बताए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ६ : २४ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज