राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छ- मन्त्री मगर « Khabarhub

राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छ- मन्त्री मगर


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- खानेपानी मन्त्री बिना मगरले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छिन् ।

तत्कालीन नेकपाका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा शुक्रबारबाट शुरु भएको ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकाे उद्घाटन गर्दै उनले राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याएकाे बताएकी हुन् ।

‘राष्ट्रको नाम र इज्जत बढाउने क्षेत्र भनेकै खेलकुद हो ।’ उनले भनिन् ‘खेलकुदले खेलाडीलाई अनुशासित हुन मात्रै सिकाउँदैन । राष्ट्रको पहिचानमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले खेल क्षेत्रमा लगानी बढाउनु जरुरी छ ।’

नेपालमा सक्षम र क्षमतावान् खेलाडी उत्पादन गर्नका लागि यस्ता खेलकुदका कार्यक्रमहरु निरन्तर गरिनुपर्ने बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा खेलकुद क्षेत्रले पनि उत्तिकै भूमिका खेल्ने धारणा राखेकी थिइन ।

‘राष्ट्रका हरेक युवाहरुलाई खेलकुदमा सहभागी गराउनुपर्दछ ।’ उनले भनिन्, ‘खेलकुदले अनुशासित गराउँदै युवाहरुलाई अघि बढ्ने क्षमताको विकास गर्दछ ।’

कार्यक्रममा नेपाल तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले हालै नेपालमा सम्पन्न साग खेलकुदमा नेपालले गरेको प्रगति यस्तै प्रतियोगिताहरुबाट सम्भव भएको बताए ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिल गर्नका लागि पनि स्थानीय स्तरबाटै खेलाडीहरुलाई हौसला प्रदान गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष महर्जनले बताए ।

नागदह तेक्वान्दो डोजाङले ललितपुरको धापाखेलमा आयोजना गरेको उक्त प्रतियोगिताको शनिबार सम्पन्न हुनेछ । काठमाडौं उपत्यका बाहेक देशका विभिन्न १५ जिल्लाहरुबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरु मध्ये प्रथम हुनेले पचास हजार, दोस्रो हुनेले तीस हजार र तेस्रो हुनेले बीस हजार नगद रकम प्राप्त गर्ने आयोजक समूहका कार्यक्रम संयोजक कविराज मालीले जानकारी दिए ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जनही ५–५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने मालीले बताए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ६ : २४ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर