मुलुकको समृद्धिका लागि निजी क्षेत्र बलियो खम्बाः उपाध्यक्ष ढकाल « Khabarhub

मुलुकको समृद्धिका लागि निजी क्षेत्र बलियो खम्बाः उपाध्यक्ष ढकाल


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयस्तरको व्यवसायिक प्रवद्र्धनका लागि उद्योग वाणिज्य महासंघ क्रियाशिल रहेको बताएका छन् ।

स्याङ्जामा शुक्रबारदेखि सुरु ‘गण्डकी प्रदेशस्तरीय स्याङ्जा महोत्सव’मा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै उपाध्यक्ष ढकालले देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुले मात्र पाउनुपर्ने बताए ।

उनले स्थानीय उत्पादन, सीप र कलालाई प्रवद्र्धन गरी बजारसम्म पुर्याउने काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघ संस्थाहरुले नै गर्ने दाबी गरे । अबदेखि यस्ता मेला महोत्सवहरुको आयोजना गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुलाई मात्र दिनुपर्ने प्रावधानका लागि सम्बन्धित सबै प्रदेश सरकार तथा संघीय सरकारसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ र आफ्नो व्यक्तिगत तर्फबाट पहल गर्ने बताए ।

उपाध्यक्ष ढकालले भने, “यस प्रयोजनका लागि म नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको हैसियतले संघीय सरकारसँग कुरा गर्नुपर्ने लगायतका आवश्यक सबै पहल गर्नेछु ।”

कार्यक्रममा उनले स्थानीय स्तरका मेला महोत्सवहरुका आयोजकहरुलाई स्थानीय उत्पादन, सीप, कलाको प्रदर्शन गरी उनीहरुलाई नै उत्प्रेरित गर्ने र आगामी दिनमा यही क्षेत्रमा उद्यमशीलताका ढोकाहरु खोलिदिने अवसरका रुपमा विकास गर्न पनि आग्रह गरेका थिए ।

उनले महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई आवश्यक र सक्दो सहयोग र समन्वय गरी आएको बताउँदै आगामी दिनमा उनीहरुको व्यावसायिक हक हितका लागि अझ बलियो भएर काम गर्ने बताए ।

उनले गण्डकी प्रदेशस्तरका समग्र व्यवसायीलाई सम्बोधन गर्दै भने, “म नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा बसेको र आफै पनि एक उद्यमी तथा बैंकरका हैसियतले यहाँहरुलाई यव् आस्वस्त पार्न चाहन्छु कि महासंघले तपाईँहरुका समस्याको समाधान गर्न र व्यावसायिक हक हितको संरक्षण गर्न कुनै कसर बाँकी राख्ने छैन ।”

मुलुकमा आर्थिक क्रियाकलापलाई गति दिन, रोजगारीको सिर्जना गर्न तथा देशमा उद्यमशीलताको वातावरण बनाउन पनि स्थानीय स्तरदेखि प्रदेश हुँदै केन्द्रसम्म व्यवसायिक प्रवद्र्धन गर्नु जरुरी रहेको उनले बताए ।

नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उनले मुलुकको अर्थतन्त्रको तीन खम्बामा निजी क्षेत्र एक दरिलो खम्बा भएकोले यससँगको सहकार्य र साझेदारीबाट मात्र देशमा समृद्धि आउने बताए ।

कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जिब बहादुर कोइराला, नेकपा प्रदेश सदस्य शैलेन्द्र घिमिरे, नेपाली काँग्रेस कार्यबहाक सभापति कुमार राना, राप्रपा संयुक्त नेता राम बन्दु रेग्मी, संघ तनहूँका अध्यक्ष मानकाजी श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा लगायतले मन्तव्य राखेका थिए ।

पुस १६ गतेसम्म संचालन हुने महोत्सवमा आठ करोडको व्यापार हुनुका साथै ३ लाख ५० हजार आन्तरिक र बाह्य पर्यटकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, वृहत कृषि प्रदर्शनी, बिद्यालय स्तरीय नृत्य, भलिबल, दोहोरी प्रतियोगिता तथा रत्यौली महोत्सवका आकर्षण रहने छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : १० बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः