सभामुखमा हाम्रो पार्टीको दाबी छैन– अध्यक्ष भट्टराई « Khabarhub

सभामुखमा हाम्रो पार्टीको दाबी छैन– अध्यक्ष भट्टराई


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्किएर सञ्चारकर्मीसँग बोल्दै उनले सभामुखको पदका लागि आफ्नो पार्टीले दाबी नगरेको बताएका हुन् ।

‘सुविधाजनक दुई तिहाइको सरकारले चाहेको निर्णय गर्न सक्छ’, उनले भने, ‘सभामुख र उपसभामुखमा हाम्रो दलको कुनै दाबी रहँदैन।’

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए। महराको राजीनामा सँगै सभामुख पद खाली रहेको छ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : २० बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ