नेपाल–फ्रान्स चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठ फ्रेन्च सरकारबाट सम्मानित « Khabarhub

नेपाल–फ्रान्स चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठ फ्रेन्च सरकारबाट सम्मानित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–फ्रान्स चेम्बर अफ कमर्श तथा इन्डट्रिजका अध्यक्ष श्याम मोहन श्रेष्ठ फ्रान्स सरकारको सर्वोच्च विभूषणबाट सम्मानित भएका छन् ।

फ्रेन्च राष्ट्रपतिको तर्फबाट फ्रेन्च सरकारले प्रदान गर्ने सर्वोच्च विभूषण मध्ये  “Le chevalier de la leg’eon d’Honner” तक्माबाट श्रेष्ठ विभूषित भएका हुन् ।

हालै फ्रान्स सरकारले उनलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको थियो । लामो समयदेखि फ्रान्समा रहेर उनले नेपालको आर्थिक तथा व्यावसायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

सन १९७५ मा एयर फ्रान्स कम्पनीको मेनेजर बनेका उनले १९९६ मा फ्रेञ्च दूतावासको सहयोगमा नेपाल–फ्रान्स चेम्बर अफ कमर्श तथा इन्डट्रिजको स्थापना गरेका थिए ।

फ्रान्स र नेपालबीचको व्यापार, उद्योग तथा पर्यटन क्षेत्रको विकासमा संस्थाले काम गर्दै आएको छ । संस्थाको संस्थापक अध्यक्ष भई हालसम्म उनले नेपालको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ८ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै