होलीको रंग र लोलाले दृष्टि गुम्ने खतरा, आँखाको सुरक्षा कसरी गर्ने ? « Khabarhub

होलीको रंग र लोलाले दृष्टि गुम्ने खतरा, आँखाको सुरक्षा कसरी गर्ने ?


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालमा एकजना व्यक्तिलाई ल्याइयो ।

‘ह्याप्पी होली’ लेखिएको सेतो टिसर्ट लगाएका ती व्यक्ति आँखा मिच्दै थिए । उनको अनुहार र सेतो टिसर्ट दुवै रंगिन थियो । आँखा मिच्दै अस्पताल पुगेका ती व्यक्तिलाई उनका साथीहरुले आकस्मिक सेवा विभाग तर्फ लगे ।

होलीको दिन साथीभाइसँग रंग र लोलामा रमाउँदै गरेका ती व्यक्तिको आँखामा लोलाले चोट लागेपछि अस्पताल नै भर्ना हुनुपर्‍यो ।

केही समय अघि होलीमा रमाइरहेका ती व्यक्तिलाई अस्पतालले भर्ना नै गरेर आँखाको शल्यक्रिया गर्नुपर्‍यो । लोलाको चोटले आँखामा रगत जमेकाले शल्यक्रिया नै गरेर उपचार गर्नुपरेको नेपाल आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा इन्दु प्रसाद ढुंगेलले खबरहबलाई बताए ।

‘होली खेल्दा साथीकै लोलाले लागेर आँखामा चोट लागेछ, आँखामा रगत जमेकाले अप्रेसन नै गरेर उपचार गर्नुपर्‍यो ।,’ डा ढुंगेलले भने, ‘आँखालाई सुरक्षित नबनाइ होली खेल्दा उहाँको आँखाको अप्रसन नै गरेर जमेको रगत निकालेका थियौं ।’

यो गतवर्षको होली पर्वमा घटेकाे घटना हो । होली खेल्दा आँखाको सुरक्षामा ध्यान नदिदा आँखामा रंग र लोला परेर गतवर्ष त्रिपुरेश्वरको आँखा अस्पतालमा मात्रै होलीकै दिन ४० जना बिरामी आकस्मिक सेवा विभागमा उपचारका लागि पुगेका थिए ।

होली पर्वलाई रंगको पर्वको रुपमा लिइन्छ, तर यही रंगको पर्वलाई संयमित भएर मनाइएन भने आँखाको दृष्टिसमेत गुम्म सक्ने डा ढुंगेल बताउँछन् ।

‘घरमै बनेको प्राकृतिक रंग पाउन मुस्किल छ, नेपाली बजारमा पाइने रंगहरुमा गुणस्तर छैन, विभिन्न किसिमको केमिकलहरु छन्,’ डा ढुंगेल भन्छन्, ‘होलीमा प्रयोग हुने गुणस्तरहिन रंग आँखा र छाला दुवैका लागि हानिकारक छ ।’
नेपालमा होली खेल्दा प्रयोग हुने रंगमा लेड,मर्करी, ब्रेलिरिएमहरु अत्याधिक हुने भएकाले आँखाको लागि अत्यान्तै हानिकारक रहेको डा ढुंगेलको भनाइ छ ।

रंग र लोलाले आँखालाई यस्तो खतरा

आँखा हाम्रो संवेदनशील अंग हो । आँखालाई हामीले जहिलेपनि सुरक्षित राख्नुपर्छ ।  होलीमा प्रयोग हुने रंग र लोलाले आँखामा विभिन्न किसिमका समस्याहरु देखिने र दृष्टि समेत गुम्म सक्ने खतरा रहेको डा ढुंगेल बताउँछन् ।

रंग र लोलाले आँखालाई हुने खतरा यी हुन्

आँखाको नानीमा असर गर्छ ।

आँखाको नानीमा अल्सर हुनसक्छ ।

आँखाको लेन्स हल्लिएर मोतियाविन्दु हुनसक्छ ।

आँखामा रगत जम्छ ।

आँखाको पर्दा च्यातिन्छ ।

आँखाको दृष्टि कम हुँदै जान्छ ।

आँखाको नानीमा घाउँ हुन्छ ।

रंगमा हुने लेड रगतको माध्यमबाट शरीरमा फैलिन्छ र एलर्जी हुन्छ ।

कसरी बच्ने ?

आँखामा रंग तथा लोलाले लाग्दा आँखा बिझाउने, आँसु बगिरहने, पोल्ने, हेर्न गाह्रो हुने आँखाको नानी धमिलो हुने समस्याहरु देखिन्छ । यस्ता समस्या देखिएका तुरुन्त सफा पानीले आँखा सफा गर्नुपर्ने डा ढुंगेल बताउँछन् ।

‘होली खेल्नुपर्छ तर सालीन तरिकाले आँखामा रंग नपर्नेरी, तर ध्यान दिदादिदै पनि आँखामा लोला तथा रंग पर्नसक्छ,’ डा ढुंगेल भन्छन्, ‘आँखामा रंग, लोला परेर बिझाउने, आँसु बगिरहने रातो हुने, हेर्न गाह्रो हुने समस्या देखिएमा सफा पानीले आँखा सफा गर्ने र नजिकको अस्पतालमा गइहाल्नुपर्छ ।’

होली खेल्दा आँखाको सुरक्षामा यसरी ध्यान दिनुस्

होलीको रंग पर्न नदिन चस्मा लगाउने ।

आँखामा रंग पर्न नदिने ।

इनामेल प्रयोग भएको रंग प्रयोग नगर्ने ।

रंग परिहालेमा आँखा मिच्नु हुँदैन ।

आँखामा रंग वा लोलाले चोट लागेमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा जाने ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ९ : २५ बजे

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त