जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो « Khabarhub

जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै गएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा सञ्चारकर्मीसँग गरिएको छलफलमा वक्ताहरुले जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिँदै गएको बताएका हुन् ।

जल तथा ऊर्जा आयोगका सहसचिव डा. ऋषिराम शर्माले पानी धेरै पर्नु वा धेरै खडेरी पर्नु जलवायु परिवर्तनको मुख्य लक्षण भएको बताए । ‘जलवायु परिवर्तनका कारण प्रतिवर्ष ०.०५६ सेल्सियस तापक्रम बढ्दै गएको छ’, उनले भने । जलवायु परिवर्तनका कारण हिमतालहरुमा पानीको सतह बढ्दो क्रममा रहेको उनको भनाइ थियो ।

स्मल अर्थ नेपालका अनुसन्धानकर्ता पियुष दाहालले तापक्रम बढ्नु र सुक्खा क्षेत्र बढ्नु जलवायु परिवर्तनको कारण भएको बताए । उनले भने, ‘जलवायु परिवर्तनका कारण पछिल्लो समय मुलुकमा वर्षा कम हुँदै गएको छ।’

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहका संयोजक महेन्द्रबहादुर गुरुङले राज्यको सचेतना बढाउन, चुनौतीको बारेमा छलफल गर्न, सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्न सप्ताह मनाइएको जानकारी दिए।

नेपाल वातावरण पत्रकार समाजका अध्यक्ष सुवोध गौतमले नेपाली सञ्चारमाध्यममा वातावरण प्रदूषण र जलवायु परिवर्तनका बारेमा कलम चलाउने पत्रकार कमी रहेको बताए । उनले नेपाली सञ्चारमाध्यममा राजनीतिक मुद्दाले प्राथमिकता पाएको वर्तमान अवस्थामा वातावरणका मुद्दालाई राजनीतिसँग जोडेर लेख्न पत्रकारलाई सुझावसमेत दिए।

पत्रकार विकास थापाले जलस्रोतको बारेमा नेपाली सञ्चारमाध्यममा धेरै मुद्दा उठाउन सकिने बताए। सरकारले विश्व पानी दिवस तथा विश्व मौसम दिवसका अवसरमा यही चैत ३ गतेदेखि नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ अन्तर्गत विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ९ : ४६ बजे

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो