राजपा अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी « Khabarhub

राजपा अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् ।

राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९,३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

विसं २०७४ वैशाख ७ गते विभिन्न मधेश केन्द्रीत राजनीतिक दल एकीकृत भई गठन भएको राजपामा अध्यक्ष मण्डलका सदस्य ६ जना छन् । उनीहरुमध्ये पालैपालो संयोजक बन्ने गरेका छन् । पार्टीका महाधिवशेनले नेतृत्व चयन गर्नेछ । आगामी वैशाख ७, ८ र ९ गते राजपाको पार्टी एकताको महाधिवेशन हुँदैछ ।

यसअघि राजपा अध्यक्ष मण्डलको संयोजकमा नेता महेन्द्र राय यादव थिए । यसपछि अध्यक्षमण्डलका अन्य सदस्य अनिल झा र राजकिशोर यादव क्रमश संयोजक बन्नेछन् । पार्टी एकीकरण घोषणापछि महन्थ ठाकुर करीब १८ महीना अध्यक्ष मण्डलको संयोजक बनेका थिए । उनीपछि राजेन्द्र महतोले जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  २ : १५ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी