नेपाली कांग्रेस गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जान तयार ! « Khabarhub

नेपाली कांग्रेस गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जान तयार !


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरेपक्षताको विषयमा पनि जनमत संग्रह हुनसक्ने संकेत गरेका छन् । यसका लागि आफ्नो पार्टी (नेपाली कांग्रेस) तयार रहेको पनि कोइरालाको भनाइ छ ।

बुधवार काठमाडौंको टोखास्थित आफ्नै निवासमा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्न नेपाली कांग्रेस तयार रहेको बताएका हुन् ।

महामन्त्री कोइरालाले धर्मनिरपेक्षताको सन्दर्भमा तत्काल जनमत संग्रह गर्न सरकारलाई दवाव दिन पनि आह्वान गरे । ‘नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र बनाउनका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दवाव दिन म सबैलाई आह्वान गर्छु,’ कोइरालाले भने, ‘जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षाको विषयमा जनमत संग्रहमा जान कांग्रेस तयार छ ।’

नेपालमा हिन्दू धर्मावलम्बीको संख्या धेरै रहेको र नेतादेखि मतदातासम्म हिन्दूको बहुमत भएका कारण सबैलाई समेट्न हिन्दू राष्ट्र कायम हुनुपर्ने कोइरालाको जिकिर थियो ।

महामन्त्री कोइरालाले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न आफू लागिपरेको पनि बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  २ : ५३ बजे

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध