होली खेल्दा खुकुरी हानाहान, उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ « Khabarhub

होली खेल्दा खुकुरी हानाहान, उच्छृङ्खल गतिविधि गर्ने ५० जना पक्राउ


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– होली खेल्ने क्रममा काठमाडौंमा खुकुरी हानाहान भएको छ । काठमाडौंका नयाँ बानेश्वर क्षेत्रमा होली खेलिरहेका युवाहरुको समूहबीच खुकुरी हानाहान भएको हो ।

खुकुरी हानाहानमा २ जना युवा घाइते भएका जनाइएको छ ।

खुकुरी लागेर दुईजना युवा छत्र भण्डारी र सौगात केसी सामान्य घाइते भएका छन् । होली खेलिरहेका युवाहरुको बीचमा गएर एक युवाले नाङ्गो खुकुरी देखाउ थालेपछि झडप भएको थियो ।

नजिकै रहेको प्रहरीको सक्रियताका कारण घटनाले ठूलो रुप लिएन । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले खुकुरी देखाउने युवालाई नियन्त्रणमा लिएको जनाएको छ ।

५० जना पक्राउ

प्रहरीले होलीका क्रममा उच्छृङ्ख गतिविधि गर्ने ५० जनालाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।

जबरजस्ती रंग दल्ने, लोला हाल्ने, हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ४ : ११ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६