होलीको रंगले छालमा समस्या देखियो ? यसरी गर्नुस् केयर « Khabarhub

होलीको रंगले छालमा समस्या देखियो ? यसरी गर्नुस् केयर


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज रंगको पर्व होली । तपाई अनुहारमा दिनभरी खेलेको रंग अझै गइसकेको छैन होला ।  होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उडेको हुनसक्छ ।

दिनभरी रंग र लोलासँग रमाउँदा तपाईको छालामा समस्या पनि देखिन थालेको छ त छैन ?

हाम्रो अनुहारको छाला निकै संवेदनशील हुन्छ । त्यसो त होलीमा प्रयोग भएको रंगमा गुणस्तर नहुँन पनि सक्छ । गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ । जसले शरीरको छाला तथा अनुहारमा विभिन्न किसिमको समस्या आउँन सक्ने वीर अस्पतालका छाला तथा यौन रोग विभागका प्रमूख एवं वरिष्ठ छालारोग विशेषज्ञ डा भाष्कर मोहन कायस्थले बताए ।

‘होली खेल्दा प्रयोग भएको रंगमा गुणस्तर नहुन सक्छ, रंगमा भएको विभिन्न किसिमका केमिकलले छालामा समस्या ल्याउँछ,’ डा कायस्थले खबरहबसँग भने, ‘दिनभरी साथीभाइसँग रमाइरहेको बेला छालामा परेको असरबारेअन्दाज हुँदैन । तर बेलुका घर पुगेपछि छालामा देखिने समस्याले मानिसलाई पिराेल्छ ।’

डा कायस्थका अनुसार रंगले छालामा यस्तो असर गर्छ

कडा खालको केमिकल भएको रंगले छाला पोल्ने समस्या देखिन्छ ।

एलर्जी हुने ।

पानीको फोका आउँने ।

छाला पत्र–पत्र भएर निस्किने ।

आँखा तथा मुख सुन्निने ।

रंगको असरले होली पछि छालामा यस्ता समस्या लिएर मानिसहरु छालारोग विशेषज्ञ चिकित्सककोमा परामर्श लिन पुग्ने गरेको डा कायस्थ बताउँछन् ।

उनी भन्छन्, ‘होलीको दिन रंगसँग खेल्न रमाइलो नै हुन्छ, तर जब होलीपछि छालामा समस्या देखिन थाल्छ तब उनीहरु अस्पतालमा आउँछन्, अघिल्ला वर्षहरुमा पनि होलीपछि छालासम्बन्दधी समस्या लिएर धेरै बिरामीहरु आएका छन् ।’

होलीमा प्रयोग हुने रंगले छालालाई असर पर्ने भएकाले होली खेलिसकेपछि छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने डा कायस्थको भनाइ छ ।

होली खेलेपछि छालाको हेरचाह यसरी गर्नुस्

रंग तथा इनामेल लगाएको छ भने घाममा धेरै समय नबस्ने ।

अनुहारमा रंग तथा इनामेल धेरै समय नराख्ने ।

साबुनपानीले राम्रोसँग धुने ।

रंग मेट्दा कपडा वा कुनै वस्तुले रगड्नु हुँदैन ।

रंग नमेटिएमा मोस्चलाइजर क्रिमको सहायताले विस्तारै मेट्ने ।

रंगका कारण छाला पोल्ने समस्या देखिएमा मोस्चलाइजर क्रिम राखेर मेट्ने ।

रंगका कारण एलर्जी हुने, छाला रातो हुने पोल्ने फोका आउँने समस्या देखिएमा छालारोग विशेषज्ञ चिकित्सकको परार्मशमा औषधि उपचार गर्ने ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : १९ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार