प्रधानमन्त्री ओली सपरिवार ‘क्याप्टेन’ हेर्न हल पुगे « Khabarhub

प्रधानमन्त्री ओली सपरिवार ‘क्याप्टेन’ हेर्न हल पुगे


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ हलमै पुगेर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन् । उनी बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई लिएर चलचित्र हेर्न गएका हुन् । त्यस्तै, चलचित्र हेर्न प्रधानमन्त्रीका साथमा मन्त्री र सत्तारूढ दलका नेताहरू पनि हल पुगेका थिए ।

चलचित्र  हेर्न  हल पुगेका  प्रधानमन्त्री ओलीले भने, ‘संयोग नै हो, आज रंगीन दिन, रंगीन पर्व भएका कारण चलचित्र हेर्न अवसर जुर्‍यो ।’ उनले चलचित्र क्याप्टेनको प्रसंग जोड्दै युवाहरुले पनि खेलक्षेत्रलाई रंगीन बनाउनुपर्ने बताए । सवैमा होलीको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संस्कृतिलाई सभ्य बनाउने दायित्व हामी सवैको भएको तर्क गरे ।

त्यस्तै चलचित्रका निर्माता भुवन केसीले महान पर्व होलीको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीज्यूहरु आएर हौसला प्रदान गर्नुभएकोमा आभार प्रकट गरे ।

प्रधानमन्त्री ओली हल पुग्दा चलचित्रका कलाकार तथा अन्य दर्शकले स्वागत गरेका थिए । अनमोल केसी अभिनित चलचित्र क्याप्टेन फुटबलमा केन्द्रित चलचित्र हो । जसमा राष्ट्रिय खेलाडीले भोग्नुपरेको विषयवस्तुलाई उठान गरिएको छ । चलचित्रलाई  दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ८ : ४१ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक