छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु « Khabarhub

छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–छोराछोरी पढाउन शहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फर्कने निष्कर्षमा पुगेको कान्तिपुर दैनिकमा खबर छ । सरकारले वैशाख २ देखि १६ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान घोषणा गरेको छ ।

प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, जनप्रतिनिधि, शिक्षासेवीले अभिभावकत्व ग्रहण गरेर असहाय बालबालिकालाई गत वर्षदेखि नै विद्यालयमा भर्ना गराएका छन् । तर पाटन उपनामले परिचित पूर्वलडाकु जैसीको न छोराछोरी विद्यालय भर्ना गराउने सामर्थ्य छ, न त अभिभावकत्व दिइदिने कुनै भरपर्दो सहयोगी भेटेका छन् । त्यसैले उनी शैक्षिक सत्रको सुरुदेखि सिंहदरबारका विभिन्न मन्त्रालय धाइरहेका छन् ।

यस्तै नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गबारे छानबिन गर्न माग गरेका छन् । उनले सम्बन्धित कार्यालयले प्रचलित कानुन अनुसार किन्न मिल्लने यकिन गरेकैले आफूले बालुवाटारमा छोराका नाममा आठ आना जग्गा खरिद गरेको उल्लेख गर्दै यसमा छानबिन गर्न माग गरेका हुन् ।

त्यस्तै पत्रिकाले चाउचाउ र खुर्सानीको भर शीर्षकको समाचारमा आठौ राष्ट्रिय खेलकुदमा खेलाडीलाई समस्या भएको खबर पनि प्राथमिकताका साथ छापेको छ ।

संघीय संसद्‌मा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता शीर्षकको समाचारमा संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले २०७४/७५ को प्रतिवेदनमा संसदका महासचिव र कर्मचारीले २०७४ माघदेखि असार मसान्तसम्म गैरकानुनी रूपमा उक्त प्रोत्साहन भत्ता बुझेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ६ : ३५ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री