‘निर्यात प्रवर्द्धनका लागि सरकारले सघाउँछ’ « Khabarhub

‘निर्यात प्रवर्द्धनका लागि सरकारले सघाउँछ’


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । नेपाल पश्मिना उद्योग सङ्घको शुक्रबार ललितपुरमा भएको १८औँ वार्षिक साधारणसभामा उहाँले पश्मिनालगायत निर्यातजन्य वस्तुको निकासी बढाउन निजी क्षेत्र सशक्त रुपमा लाग्नुपर्ने सुझाउँदै त्यसमा सरकारले भरमग्दुर सहायता गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घजस्ता निजी क्षेत्रका सङ्गठित सङ्घसंस्थालाई निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गर्दै निर्यातका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।

वाणिज्य सचिव केदारबहादुर कार्कीले विश्वभर निजी क्षेत्रलाई औद्योगिक विकासको वाहक मानिएको र उक्त क्षेत्रलाई व्यापार–वाणिज्य वृद्धिमा सहजकर्ताका रुपमा सरकारले सघाउँदै आएको सुनाए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगतका सरकारले अधिक निकासीकर्ता, करदातालगायतलाई सम्मान गर्दै आएको तर त्यो अहिले टुटेकामा चिन्ता व्यक्त गरे । आफूहरू सरकारसँग काँधमा काँध मिलाएर देशको आर्थिक उन्नयनमा लागिपरेको उनले बताए ।

सङ्घका अध्यक्ष दुर्गाविक्रम थापाले सन् २०१८ मा रु तीन अर्बको पश्मिना निर्यात भएको जानकारी दिँदै ४७ देशमा च्याङ्ग्रा पश्मिनाको व्यापार चिह्न दर्ता गर्न सङ्घ सफल भएको बताए।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ९ : ०८ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो