रिनाको शव डेरा अघि भेटियो « Khabarhub

रिनाको शव डेरा अघि भेटियो


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- पथरीशनिश्चरेमा एक महिला मृत फेला परेकी छन् । २८ वर्षकी रिना बस्नेतको शव उनी बस्ने डेरा कै अगाडि फेला परेको मोरङ प्रहरीले जनाएको छ।

छोरासँगै बस्दै आएकी उनी शुक्रबार बेलुका कन्सर्ट हेर्न भन्दै घरबाट निस्किएकी थिइन । राति अबेर कोठामा आएकी उनले मादक पदार्थ पनि सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । उनको कोठामा वियरका बोत्तल फेला पारेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।

बिहान मर्निङ वाकमा हिँड्नेहरुले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा उनलाई निर्वस्त्र बनाएर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । घोप्टो परेको अवस्थामा भेटिएको उनको शव भएको ठाउँमा रगत पनि देखिएको छ ।

बस्नेतको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ११ : १५ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक