बढ्दैछ सगरमाथा सफाइको अभियान, सेनाले ल्यायो १५ सय केजी फोहोर | Khabarhub Khabarhub

बढ्दैछ सगरमाथा सफाइको अभियान, सेनाले ल्यायो १५ सय केजी फोहोर


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा थालिएको सफाइ अभियानका क्रममा पहिलो चरण अन्तर्गत संकलित फोहोर काठमाडौं ल्याइएको छ । यस वर्षको सफाइ अभियानका क्रममा खुम्बु क्षेत्रबाट संकलन भएको फोहोरलाई पहिलो चरण अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं ल्याएको हो ।

नेपाली सेनाको हेलिकोप्टरले यस वर्ष पहिलो चरणमा खुम्बु क्षेत्रबाट संकलन गरिएको एक दशमलब पाँच टन (अर्थात १ हजार ५ सय केजी) फोहोर काठमाडौं ल्याएको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका सहनिर्देशक महासेनानी जोनसन खड्काले  जानकारी दिए । सगरमाथा क्षेत्रको सफाइमा सहगभागी भएको सेनाले आफ्नै हेलिकोप्टरमार्फत पहिलो पटक फोहोर ल्याएको हो ।

पहिलो चरणअन्तर्गत काठमाडौं ल्याइएको फोहोरलाई सेनाले फोहोर व्यवस्थापन गर्ने सस्था ब्ल्यू वेस्ट टु भ्यालुलाई हस्तान्तरण गरेको छ । व्यवस्थापन गर्न सकिने फोहोरलाई नाम्चेमा नै व्यवस्थापन गरी प्रशोधन गर्न मिल्ने फोहोरमात्रै काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याइएको फोहोरलाई भने ब्ल्यू वेस्ट टु भ्यालुले व्यवस्थापन गर्ने छ ।

गत वर्षदेखि ब्ल्यू वेस्ट टु भ्यालुले सगरमाथा क्षेत्रमा संकलित फोहोरलाई व्यवस्थापन गर्दै आएको र उक्त फोहोरलाई पहिला म्याटेरियल रिकभरी फ्यासिलिटी (एमआरएफ) मा लगेर विभिन्न भागमा छुट्याइने संस्थाका म्यानेजर आशिष खनालले जानकारी दिए । खनालका अनुसार त्यसरी छट्याइएको फोहोरको तौल मापन गरी प्रशोधनका लागि पठाइने छ ।

यही बैशाख १ गतेबाट शुरु भएको सरसफाइ अभियानमा नेपाली सेनाका साथै स्थानीय तह तथा विभिन्न संघसस्थाको सहभागीता छ । सगरमाथा सरसफाइ अभियान २०१९ आगामी जेठ २२ गतेसम्म जारी रहने छ । सफाइका क्रममा संकलित केही फोहोर सामग्रीलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन मे २९ मा नाम्चेमा प्रदर्शन गर्ने र उक्त फोहोर सामग्रीलाई विश्व वातावरण दिवसको अवसरमा जुन ५ अर्थात जेठ २२ गते काठमाडौंमा पनि प्रदेर्शन गरिने छ ।

यस वर्ष सफाइ अभियानका क्रममा सगरमाथाबाट ५ हजार केजी र सगरमाथाको अन्य क्षेत्रबाट ५ हजार केजी गरी १० हजार केजी अर्थात १० टन फोहोर संकलन गर्ने लक्ष्य छ ।

सफाइ अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, वन तथा वातावरण मन्त्रालय, पर्यटन बोर्ड, खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको सहभागिता छ ।

४५ दिनसम्म चल्ने सफाइ अभियानमा दुई करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने जानकारी दिइएको छ । यस अभियानका क्रममा सगरमाथा क्षेत्रमा अलपत्र परेका शवहरुको पनि व्यवस्थापन गर्ने प्रयास गरिने छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १ : ०४ बजे

शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको

सरकार असफल बनाउने छुट कसैलाई छैन : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले ठूला दुई दलको संयुक्त

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो- गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा

इरानमा विस्फोट हुँदा २ सय ८१ जना घाइते

काठमाडौं– इरानमा विशाल विस्फोटन भएको छ । दक्षिण इरानको बन्दरगाह