भाषाविद् एवं नेपाली शब्दकोषकार नेपालको निधन « Khabarhub

भाषाविद् एवं नेपाली शब्दकोषकार नेपालको निधन


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाषविद्, साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्मा ’नेपाल’को निधन भएको छ ।

नेपालको शनिवार दिउँसो चावहिलस्थित आफ्नै निवासमा निधन भएको हो । ९१ वर्षीय नेपाल केही समयदेखि अस्वस्थ थिए। उनको छातीमा सङ्क्रमण भएको थियो ।

उनका ’नेपाली शब्दसागर’ शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट छन् ।

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद् पनि काम गरेका थिए ।

विभिन्न संस्कृत कृतिहरु नेपालीसमेत अनुवाद गरेका नेपालको पहिलो कृति ’युगको वारिस’ विसं २००८ मा प्रकाशित भएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ४ : ३५ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले