भाषाविद् एवं नेपाली शब्दकोषकार नेपालको निधन | Khabarhub Khabarhub

भाषाविद् एवं नेपाली शब्दकोषकार नेपालको निधन


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाषविद्, साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्मा ’नेपाल’को निधन भएको छ ।

नेपालको शनिवार दिउँसो चावहिलस्थित आफ्नै निवासमा निधन भएको हो । ९१ वर्षीय नेपाल केही समयदेखि अस्वस्थ थिए। उनको छातीमा सङ्क्रमण भएको थियो ।

उनका ’नेपाली शब्दसागर’ शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट छन् ।

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद् पनि काम गरेका थिए ।

विभिन्न संस्कृत कृतिहरु नेपालीसमेत अनुवाद गरेका नेपालको पहिलो कृति ’युगको वारिस’ विसं २००८ मा प्रकाशित भएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ४ : ३५ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार