राजपा नेपाल तेस्रो वर्ष प्रवेश, असार मसान्तभित्रै महाधिवेशन गर्ने तयारी « Khabarhub

राजपा नेपाल तेस्रो वर्ष प्रवेश, असार मसान्तभित्रै महाधिवेशन गर्ने तयारी


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६ मधेसवादी दल एक भई बनेको राष्ट्रिय जनता पार्टी नेपाल आजदेखि तेस्रो वर्ष प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसर पारेर राजपा नेपालले आज राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा राजपाका कार्यकर्ता उपस्थित थिए ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शम्शेर जबरा, महान्यायाधिवक्ता अग्नि खरेललगायत विभिन्न दलका नेताले राजपाका नेतालाई बधाई तथा शुभकामना दिएका थियो ।

तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिक बीच २०७४ साल वैशाख ७ गते एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको हो ।

पार्टी एकीकरण भएको दुई वर्ष पूरा भए पनि राजपाले हालसम्म एकता अधिवेशन गर्न सकेको छैन । यही वैशाख ७, ८ र ९ गते महाधिवेश गर्ने घोषणा गरेको भए पनि बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावित जनताको उद्धारमा खट्नुपर्ने भएकाले तोकिएको समयमै अधिवेशन गर्न नसकेको राजपाले स्पष्ट पारेको छ ।

राजपाका महासचिव केशव झाले यही वैशाख ८, ९ र १० गते पदाधिकारी बैठक बस्ने र सो बैठकले महाधिवेशनको मिति तय गर्ने जानकारी दिए । उनले भने, “बैठकले असार मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी कार्य तालिका सार्वजनिक गर्नेछ ।

”सङ्घीय समाजवादी फोरमसँग एकता गर्ने विषयमा छलफल चलिरहेको र एकीकरणका लागि दुई पटक पत्र आदानप्रदान भएको जानकारी दिँदै उनले भने, “दुई दलबीच अनौपचारिक छलफल भइरहेको छ । परिस्थिति अनुकूल हुँदै गएपछि दुई दलबीच गम्भीर वार्ता हुनेछ ।”

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ६ : ३३ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक