राजपा नेपाल तेस्रो वर्ष प्रवेश, असार मसान्तभित्रै महाधिवेशन गर्ने तयारी | Khabarhub Khabarhub

राजपा नेपाल तेस्रो वर्ष प्रवेश, असार मसान्तभित्रै महाधिवेशन गर्ने तयारी


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६ मधेसवादी दल एक भई बनेको राष्ट्रिय जनता पार्टी नेपाल आजदेखि तेस्रो वर्ष प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसर पारेर राजपा नेपालले आज राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा राजपाका कार्यकर्ता उपस्थित थिए ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शम्शेर जबरा, महान्यायाधिवक्ता अग्नि खरेललगायत विभिन्न दलका नेताले राजपाका नेतालाई बधाई तथा शुभकामना दिएका थियो ।

तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिक बीच २०७४ साल वैशाख ७ गते एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको हो ।

पार्टी एकीकरण भएको दुई वर्ष पूरा भए पनि राजपाले हालसम्म एकता अधिवेशन गर्न सकेको छैन । यही वैशाख ७, ८ र ९ गते महाधिवेश गर्ने घोषणा गरेको भए पनि बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावित जनताको उद्धारमा खट्नुपर्ने भएकाले तोकिएको समयमै अधिवेशन गर्न नसकेको राजपाले स्पष्ट पारेको छ ।

राजपाका महासचिव केशव झाले यही वैशाख ८, ९ र १० गते पदाधिकारी बैठक बस्ने र सो बैठकले महाधिवेशनको मिति तय गर्ने जानकारी दिए । उनले भने, “बैठकले असार मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी कार्य तालिका सार्वजनिक गर्नेछ ।

”सङ्घीय समाजवादी फोरमसँग एकता गर्ने विषयमा छलफल चलिरहेको र एकीकरणका लागि दुई पटक पत्र आदानप्रदान भएको जानकारी दिँदै उनले भने, “दुई दलबीच अनौपचारिक छलफल भइरहेको छ । परिस्थिति अनुकूल हुँदै गएपछि दुई दलबीच गम्भीर वार्ता हुनेछ ।”

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ६ : ३३ बजे

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष

शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको

सरकार असफल बनाउने छुट कसैलाई छैन : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले ठूला दुई दलको संयुक्त

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो- गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा