युएईमा दुई नेपालीबीच कसको जिल्ला विकसित भन्ने विवाद, चक्कु हानि साथीको हत्या « Khabarhub

युएईमा दुई नेपालीबीच कसको जिल्ला विकसित भन्ने विवाद, चक्कु हानि साथीको हत्या


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युएई – वैदेशिक रोजगारीका लागि यूएईमा गएका दुई नेपालीबीच विवाद भएपछि चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ ।

युएईको रसअलखेमामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीबीचको विवादले उग्र रुप लिएपछि चुक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट पाल्पा तानसेनका तिलक चौधरीको ज्यान गएको हो । उनमाथि भोजपुरका युगेन्द्र राईले चक्कु प्रहार गरेका थिए । रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा उनीहरु कार्यरत थिए ।

सँगै रक्सी खान लागेको समयमा भएको सामान्य विवादले उग्ररुप लिएपछि युगेन्द्रले चक्कु प्रहार गरेका थिए ।

सोमबार दिउँसो सँगै रक्सी खान बसेका उनीहरुबीच आफ्नो जिल्लामा भएको विकासलाई लिएर विवाद शुरु भएको उनीहरुसँगै काम गर्ने एक साथीले बताए ।

‘दुई जना सँगै रक्सी खाइरहेका थिए’ प्रत्यक्षदर्शी समेत रहेका एक जना साथीले भने,‘दुबै जनाले आआफ्नो जिल्लामा धेरै विकास भएको भन्दै विवाद गरिरहेका थिए ।’ चौधरीले पाल्पा र राईले भोजपुरमा धेरै विकास भएको भन्दै विवाद गरेका थिए । विवादले उग्ररुप लिइरहेका बेलामा राईले चौधरीमाथि चक्कु प्रहार गरेका थिए ।

घटनापछि स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मध्ये दुई नेपालीलाई स्थानीय प्रशासनले छोडेको छ र उनीहरु काममा फर्किएका छन् भने राई थप अनुसन्धानका लागि भन्दै जेल चलान भएका छन् ।

मृत्यु भएका चौधरी र राई विगत एक वर्षदेखिसँगै बस्दै आएका थिए । तर घटनाबारे जानकारी नआएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ७ : ११ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै