युएईमा दुई नेपालीबीच कसको जिल्ला विकसित भन्ने विवाद, चक्कु हानि साथीको हत्या | Khabarhub Khabarhub

युएईमा दुई नेपालीबीच कसको जिल्ला विकसित भन्ने विवाद, चक्कु हानि साथीको हत्या


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युएई – वैदेशिक रोजगारीका लागि यूएईमा गएका दुई नेपालीबीच विवाद भएपछि चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ ।

युएईको रसअलखेमामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीबीचको विवादले उग्र रुप लिएपछि चुक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट पाल्पा तानसेनका तिलक चौधरीको ज्यान गएको हो । उनमाथि भोजपुरका युगेन्द्र राईले चक्कु प्रहार गरेका थिए । रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा उनीहरु कार्यरत थिए ।

सँगै रक्सी खान लागेको समयमा भएको सामान्य विवादले उग्ररुप लिएपछि युगेन्द्रले चक्कु प्रहार गरेका थिए ।

सोमबार दिउँसो सँगै रक्सी खान बसेका उनीहरुबीच आफ्नो जिल्लामा भएको विकासलाई लिएर विवाद शुरु भएको उनीहरुसँगै काम गर्ने एक साथीले बताए ।

‘दुई जना सँगै रक्सी खाइरहेका थिए’ प्रत्यक्षदर्शी समेत रहेका एक जना साथीले भने,‘दुबै जनाले आआफ्नो जिल्लामा धेरै विकास भएको भन्दै विवाद गरिरहेका थिए ।’ चौधरीले पाल्पा र राईले भोजपुरमा धेरै विकास भएको भन्दै विवाद गरेका थिए । विवादले उग्ररुप लिइरहेका बेलामा राईले चौधरीमाथि चक्कु प्रहार गरेका थिए ।

घटनापछि स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मध्ये दुई नेपालीलाई स्थानीय प्रशासनले छोडेको छ र उनीहरु काममा फर्किएका छन् भने राई थप अनुसन्धानका लागि भन्दै जेल चलान भएका छन् ।

मृत्यु भएका चौधरी र राई विगत एक वर्षदेखिसँगै बस्दै आएका थिए । तर घटनाबारे जानकारी नआएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ७ : ११ बजे

‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम प्रभावकारी बनिरहेको छः उपप्रमुख डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल

काठमाडौं – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक