इस्लामिक स्टेटको आक्रमणमा २७ सिरियाली लडाकुको मृत्यु | Khabarhub Khabarhub

इस्लामिक स्टेटको आक्रमणमा २७ सिरियाली लडाकुको मृत्यु


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आतंकवादी संगठन इस्लामिक स्टेट लडाकुले सिरियाली सरकार समर्थित लडाकुविरुद्ध आक्रमण गर्दा २७ जनाको ज्यान गएको छ ।

सिरियाको मध्य भागमा रहेको होम्स प्रान्तको मरुभूमीय क्षेत्रमा भएका आक्रमणमा सिरियाली सेनाका ४ सैनिक सहित सरकार समर्थित २७ लडाकुको ज्यान गएको बेलायत रहेर सिरियाली युद्धको अनुगमन गर्दै आएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ ।

उक्त आक्रमणमा इस्लामिक स्टेटका ६ लडाकुको पनि मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
पछिल्लो समय सिरियामा इस्लामिक स्टेट पराजित भएको बताइएपनि इस्लामिक स्टेटको पछिल्लो आक्रमणले सबैलाई अचम्ममा पारेको बताइएको छ ।

पछिल्लो समय सिरिया र इराकमा यसअघि आफ्नो कब्जामा रहेको भूभाग गुमाएपनि हाल इस्लामिक स्टेटका लडाकुहरु मरुभूमि तथा अन्य दुर्गम क्षेत्रमा रहेर छापामा आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ९ : ३४ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ