इस्लामिक स्टेटको आक्रमणमा २७ सिरियाली लडाकुको मृत्यु « Khabarhub

इस्लामिक स्टेटको आक्रमणमा २७ सिरियाली लडाकुको मृत्यु


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आतंकवादी संगठन इस्लामिक स्टेट लडाकुले सिरियाली सरकार समर्थित लडाकुविरुद्ध आक्रमण गर्दा २७ जनाको ज्यान गएको छ ।

सिरियाको मध्य भागमा रहेको होम्स प्रान्तको मरुभूमीय क्षेत्रमा भएका आक्रमणमा सिरियाली सेनाका ४ सैनिक सहित सरकार समर्थित २७ लडाकुको ज्यान गएको बेलायत रहेर सिरियाली युद्धको अनुगमन गर्दै आएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ ।

उक्त आक्रमणमा इस्लामिक स्टेटका ६ लडाकुको पनि मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
पछिल्लो समय सिरियामा इस्लामिक स्टेट पराजित भएको बताइएपनि इस्लामिक स्टेटको पछिल्लो आक्रमणले सबैलाई अचम्ममा पारेको बताइएको छ ।

पछिल्लो समय सिरिया र इराकमा यसअघि आफ्नो कब्जामा रहेको भूभाग गुमाएपनि हाल इस्लामिक स्टेटका लडाकुहरु मरुभूमि तथा अन्य दुर्गम क्षेत्रमा रहेर छापामा आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ९ : ३४ बजे

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा