आजबाट देशभर अप्टिकल फाइबर बिछ्याइँदै, इन्टरनेट चलाउँदा के पुग्छ फाइदा ? « Khabarhub

आजबाट देशभर अप्टिकल फाइबर बिछ्याइँदै, इन्टरनेट चलाउँदा के पुग्छ फाइदा ?


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यका साथ सोमबार(आज) बाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबल बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पार्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार(आज) दिउँसो १ बजे गर्ने कार्यकम छ ।

सरकारले देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुयाउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्षयका साथ हरेक जिल्लासम्म अप्टिकल विछ्याउने योजना अघि सारेको थियो । सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषअन्तर्गत करिब नौ अर्ब रुपैयाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो ।

के पुग्छ फाइदा ?

अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ । तामाको तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकोले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने चलन छ ।

देशैभर विस्तार गर्न लागिएको ९६ कोरको अप्टिकल तारमार्फत उच्च गतिको इन्टरनेट स्थानीय तहसम्म उपलव्ध गराउन सकिन्छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ३४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको