गोली चलाएर प्रहरीले लियो तामाङलाई नियन्त्रणमा | Khabarhub Khabarhub

गोली चलाएर प्रहरीले लियो तामाङलाई नियन्त्रणमा


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘काले’ भनिने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको सार्वधिक खोजीको सूचीमा रहेका सिन्धुपाल्चोकका तामाङ टोखामा रहेको सूचनापछि उनलाई पक्राउ गर्न सोमबार(आज) विहान टोखा पुगेको प्रहरीमाथि उनले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली तामाङको दायाँ खुट्टामा लागेको थियो । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले तामाङको दायाँ खुट्टामा गोली लागेको जानकारी दिए । उनलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि हतियार आक्रमण प्रयास भएपछि तामाङमाथि गोली चलाएको थापाले बताए ।

७ वर्ष जेल बसेर छुटेका तामाङले पूर्व डिआईजी विश्वराज शाहीदेखी आधा दर्जन व्यक्तिको घरमा लुटपाट गरेको अनुशन्धानका क्रममा खुलेपछी महाशाखाले उनलाई खोजी गर्दै आएको थियो।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ९ : १२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’