प्रहरीले जंगलमा भेटायो बेबारिसे १२ बन्दुक « Khabarhub

प्रहरीले जंगलमा भेटायो बेबारिसे १२ बन्दुक


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रहरीले सुर्खेतको जंगलमा १२ वटा बेबारिसे बन्दुक फेला पारेको छ । प्रहरी चौकी बड्डचीरबाट खटिएको टोलीले गस्तीका क्रममा जंगलमा बेबारिसे फालिएको अवस्थामा उक्त परिमाणका घरेलु भरुवा बन्दुक फेला पारेको हो ।

उक्त  बन्दुक प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पछिल्लो एक महिनामा अबैध हातहातियार खोज तलास अभियान अन्तर्गत बराहतालका स्थानीयले पक्राउ पर्ने डरले ती भरुवा बन्दुक जंगलमा वेबारिसे छोडि दिएको हुन सक्ने बताए ।

उनले बराहतालबाट यतिका धेरै बेबारिसे घरेलु हतियार फेला पर्नुले आफुहरुलाई सशंकित बनाएको र आवश्यक कारवाहीका लागि पुनः सर्च अभियानलाई तीव्रता दिइने बताए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १० : ०४ बजे

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ