६८ वर्षीय बिल मुर्रेसँग बिहे गर्दै सेलेना गोमेज ? | Khabarhub Khabarhub

६८ वर्षीय बिल मुर्रेसँग बिहे गर्दै सेलेना गोमेज ?


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिकाकी चर्चित गायिका तथा नायिका सेलेना गोमेजले कान्स फिल्म फेस्टिभलमा उपस्थिति जनाएपछि उनले आफ्नो ‘ब्युटीनेस’मार्फत संसारको ध्यान तानिन् । अहिले भने उनी फेरि अर्को एक खुलासाका कारण सबैको चर्चाका विषय बनेकी छिन् ।

सेलेनाले तस्वीर शेयरिङ एप इन्स्टाग्राममा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका तस्वीर शेयर गर्दै एउटा तस्वीरमा क्याप्सन लेखिन् – बाइ द वे, बिल मुर्रे एण्ड आई आर गेटिङ म्यारिड ।

उनको यो स्टाटसले मनोरञ्जन जगतको ध्यान खिचेको छ । किनकि सेलेना बल्ल २६ वर्ष पुगिन् भने मुर्रे उमेरका हिसाबले झण्डै दोब्बर जेठा छन् ।

उनले बिहीवार लेखेको यो स्टाटसले रातारात चर्चा पायो । उनको यो निर्णयमा फ्यानका विभिन्न प्रतिक्रिया आएका छन् ।

 

View this post on Instagram

 

A post shared by Selena Gomez (@selenagomez) on

कान्सको रेड कार्पेटमा यी दुई कानेखुशी गरेपछि प्रेम सम्बन्धका बारेमा मिडियामा समाचार बनेका थिए । यसअघि भने सेलेनाले गायक जस्टिन बिबरसँग लामो समय सम्बन्ध जोडेकी थिइन् । पछिल्लो समयमा आएर यी दुई बीचको सम्बन्ध टुटेको थियो । त्यसपछि सेलेना लामो समय प्रेमबाट टाढा रहे पनि उनको नाम अन्य कलाकारसँग पनि जोडिएर आएको थियो ।

६८ वर्षीय बिल मुर्रेले एक अन्तर्वार्तामा गोमेजको खुलेर तारिफ गरेका थिए । उनले आफू निकै मन पर्ने र सेलेना दयालु स्वभावको भएको बताएका थिए ।

यता अर्को समाचार एजेन्सीले भने मुर्रेसँग बिहे गर्ने भनेर सेलेनाले मजाक गरेको बताएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १० : ४२ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ