६८ वर्षीय बिल मुर्रेसँग बिहे गर्दै सेलेना गोमेज ? « Khabarhub

६८ वर्षीय बिल मुर्रेसँग बिहे गर्दै सेलेना गोमेज ?


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिकाकी चर्चित गायिका तथा नायिका सेलेना गोमेजले कान्स फिल्म फेस्टिभलमा उपस्थिति जनाएपछि उनले आफ्नो ‘ब्युटीनेस’मार्फत संसारको ध्यान तानिन् । अहिले भने उनी फेरि अर्को एक खुलासाका कारण सबैको चर्चाका विषय बनेकी छिन् ।

सेलेनाले तस्वीर शेयरिङ एप इन्स्टाग्राममा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका तस्वीर शेयर गर्दै एउटा तस्वीरमा क्याप्सन लेखिन् – बाइ द वे, बिल मुर्रे एण्ड आई आर गेटिङ म्यारिड ।

उनको यो स्टाटसले मनोरञ्जन जगतको ध्यान खिचेको छ । किनकि सेलेना बल्ल २६ वर्ष पुगिन् भने मुर्रे उमेरका हिसाबले झण्डै दोब्बर जेठा छन् ।

उनले बिहीवार लेखेको यो स्टाटसले रातारात चर्चा पायो । उनको यो निर्णयमा फ्यानका विभिन्न प्रतिक्रिया आएका छन् ।

 

View this post on Instagram

 

A post shared by Selena Gomez (@selenagomez) on

कान्सको रेड कार्पेटमा यी दुई कानेखुशी गरेपछि प्रेम सम्बन्धका बारेमा मिडियामा समाचार बनेका थिए । यसअघि भने सेलेनाले गायक जस्टिन बिबरसँग लामो समय सम्बन्ध जोडेकी थिइन् । पछिल्लो समयमा आएर यी दुई बीचको सम्बन्ध टुटेको थियो । त्यसपछि सेलेना लामो समय प्रेमबाट टाढा रहे पनि उनको नाम अन्य कलाकारसँग पनि जोडिएर आएको थियो ।

६८ वर्षीय बिल मुर्रेले एक अन्तर्वार्तामा गोमेजको खुलेर तारिफ गरेका थिए । उनले आफू निकै मन पर्ने र सेलेना दयालु स्वभावको भएको बताएका थिए ।

यता अर्को समाचार एजेन्सीले भने मुर्रेसँग बिहे गर्ने भनेर सेलेनाले मजाक गरेको बताएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १० : ४२ बजे

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।

आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’

काठमाडौं– चर्चित बालगायक अशोक दर्जीले आफू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको