वैशाखमा ४६ हजार युवा कामको खोजीमा विदेशिए, व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या बढ्दो « Khabarhub

वैशाखमा ४६ हजार युवा कामको खोजीमा विदेशिए, व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या बढ्दो


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख महिनामा कामको खोजीमा ४६ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । चालू आर्थिक वर्ष सुरु भएको १० महिनामा संस्थागत र व्यक्तिगत गरी ४६ हजार २ सय ९६ जना नेपाली श्रमिक रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको वैशाख महिनाको तंथ्याकमा उल्लेख गरिएको छ ।

वैशाख महिनामा संस्थागत श्रम स्वीकृति लिएर १८ हजार ५ सय ८९ पुरुष र १ हजार ६ सय ७ महिला गरि २० हजार १ सय ९६ जना वैदेशिक रोजगारीमा गएको विभागले सार्वजानिक गरेको पछिल्लो तंथ्याकमा उल्लेख छ । यो अवधिमा २५ हजार १ सय ३७ पुरुष र ९ सय ९२ महिला गरि २६ हजार ९९ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिएको विभागको तंथ्याकमा छ ।

बैशाख महिलामा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या धेरै रहेको विभागको तंथ्याकमा उल्लेख छ । यो अवधिमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर ५ हजार ९ सय ३ जना धेरै कामदार रोजगारीमा गएको विभागको तंथ्याकमा छ ।

बैशाखा महिनामा धेरै नेपाली रोजगारीका खोजीमा साउदी अरब पुगेको विभागको तंथ्याकमा उल्लेख छ । यो महिना साउदी संस्थागत (म्यानपावरमार्फत) ५ हजार २ सय ९७ जना पुगेका छन् । साउदीपछि धेरै कतार नेपाली युवा कामको खोजीमा गएको विभागको तंथ्याक छ । यो अवधिमा ५ हजार २ सय २२ जना कतार पुगेका छन् ।

कतारपछि युएई धेरै नेपाली रोजगारीको खोजीमा गएको विभाग तंथ्याकमा छ । बैशाख महिनामा ४ हजार २ सय ५३ जना युएई रोजगारीका खोजीमा गएको विभागको तंथ्याकले देखाएको छ । बैशाख महिनामा मलेसिया २४ सय ५३ जना, कुवेत १ हजार ५ सय ८४ जना, बहराइन ३ सय ९६ जना, ओमन १ सय ७८ जना र जोर्डन १ सय ६० जना रोजगारीको खोजीमा गएको विभागको तंथ्याकमा छ ।

यस्तै, व्यक्तिगत श्रम स्वीकृति लिएर युएई ५ हजार १ सय ९२ जना, साउदी ६ हजार ६ सय ३९ जना, कतार ८ हजार ५ सय २ जना मलेसिया ३ हजार ४ सय १ जना र जापान २ सय ९० जना गएको विभागको तंथ्याकमा छ ।

चैत महिनाको तुलनामा बैशाख महिनामा करिब ६ हजार नेपाली रोजगारीको खोजीमा विदेशीएको विभागको तंथ्याकमा उल्लेख छ । चैत महिनामा संस्थागत र व्यक्तिगत गरि करिब ४१ हजार युवा रोजगारीको खोजीमा विदेशिएका थिए ।

वैशाख महिलामा धेरै युवा वैदेशिक रोजगारीमा गएका विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईले जानकारी दिए ।

पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढीरहेको उनको भनाइ छ । चालु आर्थिक बर्ष शुरु भएको १० महिनामा करिब ५ लाख युवा कामको खोजीमा विभिन्न देश पुगेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ११ : ४० बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध