मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार « Khabarhub

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा पवित्र सहर मक्कामाथि आक्रमणको प्रयास गरेको आरोप लगाउँदै त्यसलाई ‘रेड लाइन’ अर्थात् अतिक्रमण गर्न नहुने सीमा भनेको छ । हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको आरोप अस्वीकार गरेका छन् ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका अनुसार मक्काको आकाशमा प्रवेश गर्नुअघि नै ड्रोनलाई रोकेर नष्ट गरिएको थियो । गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल–मालिकीले सन् २०१७ मा हुथीहरूले मक्कातर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि यो दोस्रो आक्रमण प्रयास भएको बताए ।

घटनाको पाकिस्तान, टर्की तथा ५७ भन्दाबढी मुस्लिम राष्ट्रको प्रतिनिधित्व गर्ने इस्लामिक सहयोग सङ्गठन (ओआईसी)ले निन्दा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पाकिस्तान साउदी अरबसँग “अटल रूपमा काँधमा काँध मिलाएर,” उभिएको बताए ।

यद्यपि, हुथीहरूको बढ्दो आक्रमणको जवाफमा साउदी अरबले सैन्य सहयोग मागेको कुनै जानकारी आफूलाई प्राप्त नभएको टर्की र पाकिस्तानका अधिकारीले बताएका छन् । साउदी अरब, टर्की र पाकिस्तानबीच हालै भएको रक्षा सम्झौता पनि अझै कार्यान्वयनमा आएको छैन ।

यसैबीच, अमेरिकाले द्वन्द्वमा प्रत्यक्ष संलग्न हुने इच्छा नरहेको सङ्केत गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले अमेरिकासँग लड्न नचाहेको बताएका छन् । उपराष्ट्रपति जे।डी। भान्सले वासिङ्टन साउदी अरब र हुथी दुवै पक्षसँग सम्पर्कमा रहेको बताए ।

हुथीहरूले मध्य यमनको मारिबमा साउदी नेतृत्वको गठबन्धनको एफ–१५ लडाकु विमान खसालेको दाबीसमेत गरेका छन् । तर, उनीहरूले प्रमाण प्रस्तुत गरेका छैनन् र एपीले उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

यसबीच, इरानी विदेशमन्त्री अब्बास अराघची चीन भ्रमणमा छन् । चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो । भ्रमणका क्रममा मध्यपूर्वको द्वन्द्व र होर्मुज जलसन्धिमा हुने ढुवानीबारे छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १० : २१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित