वैशाखमा ४६ हजार युवा कामको खोजीमा विदेशिए, व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या बढ्दो | Khabarhub Khabarhub

वैशाखमा ४६ हजार युवा कामको खोजीमा विदेशिए, व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या बढ्दो


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख महिनामा कामको खोजीमा ४६ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । चालू आर्थिक वर्ष सुरु भएको १० महिनामा संस्थागत र व्यक्तिगत गरी ४६ हजार २ सय ९६ जना नेपाली श्रमिक रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको वैशाख महिनाको तंथ्याकमा उल्लेख गरिएको छ ।

वैशाख महिनामा संस्थागत श्रम स्वीकृति लिएर १८ हजार ५ सय ८९ पुरुष र १ हजार ६ सय ७ महिला गरि २० हजार १ सय ९६ जना वैदेशिक रोजगारीमा गएको विभागले सार्वजानिक गरेको पछिल्लो तंथ्याकमा उल्लेख छ । यो अवधिमा २५ हजार १ सय ३७ पुरुष र ९ सय ९२ महिला गरि २६ हजार ९९ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिएको विभागको तंथ्याकमा छ ।

बैशाख महिलामा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या धेरै रहेको विभागको तंथ्याकमा उल्लेख छ । यो अवधिमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर ५ हजार ९ सय ३ जना धेरै कामदार रोजगारीमा गएको विभागको तंथ्याकमा छ ।

बैशाखा महिनामा धेरै नेपाली रोजगारीका खोजीमा साउदी अरब पुगेको विभागको तंथ्याकमा उल्लेख छ । यो महिना साउदी संस्थागत (म्यानपावरमार्फत) ५ हजार २ सय ९७ जना पुगेका छन् । साउदीपछि धेरै कतार नेपाली युवा कामको खोजीमा गएको विभागको तंथ्याक छ । यो अवधिमा ५ हजार २ सय २२ जना कतार पुगेका छन् ।

कतारपछि युएई धेरै नेपाली रोजगारीको खोजीमा गएको विभाग तंथ्याकमा छ । बैशाख महिनामा ४ हजार २ सय ५३ जना युएई रोजगारीका खोजीमा गएको विभागको तंथ्याकले देखाएको छ । बैशाख महिनामा मलेसिया २४ सय ५३ जना, कुवेत १ हजार ५ सय ८४ जना, बहराइन ३ सय ९६ जना, ओमन १ सय ७८ जना र जोर्डन १ सय ६० जना रोजगारीको खोजीमा गएको विभागको तंथ्याकमा छ ।

यस्तै, व्यक्तिगत श्रम स्वीकृति लिएर युएई ५ हजार १ सय ९२ जना, साउदी ६ हजार ६ सय ३९ जना, कतार ८ हजार ५ सय २ जना मलेसिया ३ हजार ४ सय १ जना र जापान २ सय ९० जना गएको विभागको तंथ्याकमा छ ।

चैत महिनाको तुलनामा बैशाख महिनामा करिब ६ हजार नेपाली रोजगारीको खोजीमा विदेशीएको विभागको तंथ्याकमा उल्लेख छ । चैत महिनामा संस्थागत र व्यक्तिगत गरि करिब ४१ हजार युवा रोजगारीको खोजीमा विदेशिएका थिए ।

वैशाख महिलामा धेरै युवा वैदेशिक रोजगारीमा गएका विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईले जानकारी दिए ।

पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढीरहेको उनको भनाइ छ । चालु आर्थिक बर्ष शुरु भएको १० महिनामा करिब ५ लाख युवा कामको खोजीमा विभिन्न देश पुगेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ११ : ४० बजे

झिल्के कोट र चटके बोलीले धानेको इज्जत !

बलिउड सुपरस्टार राजेश खन्ना र अमिताभ बच्चनले ७० को दशकमा

पानी कहीँ पेट्रोल नभइहालोस्

पानी कहीँ पेट्रोल ने भ जाए अर्थात् पानी कतै पेट्रोल

नौ किलोमिटर सडक कालोपत्र

तनहुँ– व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर

दुईवटा व्यापारिक फर्ममाथि कारबाही

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा व्यापारिक

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

चितवन– भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ