‘जात्रै जात्रा’ मा टिजरका दृश्य किन राखिएन ? « Khabarhub

‘जात्रै जात्रा’ मा टिजरका दृश्य किन राखिएन ?


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिनेमा घरमा कमालको व्यापार गरिरहेको चलचित्र ‘जात्रै जात्रा’ फिल्म छायांकनमा जानुपूर्व नै चर्चामा थियो । किनकि, यसको पहिलो भाग पनि हिट भएको थियो । सामान्य कथालाई रोचकताका साथ प्रस्तुत गरिएको यो फिल्मले छायांकनको घोषणासँगै टिजर सार्वजनिक गरेको थियो ।

टिजरमा असनको बजारमा फिल्मका तीन शीर्ष पात्र भागिरहेको देख्न सकिन्छ । यस्तै दोस्रो टिजरमा उनै तीन पात्र फणिन्द्र, जोयस र मुन्ना भाग्दै मर्ने योजना बनाएको र मर्न खोज्दा पनि पक्राउ परेको देखाइएको छ । यी दृश्य फिल्ममा भने छैनन् । जसकारण फिल्म हेरेका दर्शकलाई ती दृश्य नदेख्दा नरमाइलो महसुस पनि भइरहेको छ ।

यसैबीच हामीले फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईलाई सोध्यौँ – टिजरमा समावेश ती दृश्य किन राख्नुभएन ?

प्रश्नको उत्तरमा उनले ‘जात्रै जात्रा’ को कथा बुझाउनका लागि छुट्टै टिजर बनाइएको बताए । ‘हामीले टिजरमा पूरै फिल्मको थिम बुझाउन खोजेका हौँ, ती टिजरका कथा नै फरक हुन्, टिजरमा समावेश कथा नै फिल्मको विकसित कथा हो,’ निर्देशक भट्टराईले भने ।

दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म कमेडी विधामा निर्माण भएको हो । फिल्मले कमेडीका माध्यमबाट समाजका कैयन् विकृतिमाथि पनि आवाज उठाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १२ : २१ बजे

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध