ब्राजिलको एक बारमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु « Khabarhub

ब्राजिलको एक बारमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


उत्तरी ब्राजिलमा एक बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

उत्तरी ब्राजिलको पारा राज्यस्थित बेलेम शहरमा रहेको एक बारमा कार र मोटरसाइकल चढी आएका नकाबधारी बन्दुकधारी पसेर जथाभावी गोली चलाएका हुन् ।

घटनामा अन्य एक जना घाइते भएको अधिकारीले जनाएका छन् । मारिनेमा ६ महिला तथा ५ पुरुष रहेको जनाइएको छ ।

आक्रमणको कारण थाहा हुन नसकेको र हालसम्म कसैलाई पनि गिरफ्तार नगरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली चलेको बेलेम शहरमा हिंसात्मक घटना नियमितजसो हुने गरेका छन् ।

पारा राज्यमा मात्रै यो वर्षको शुरुका तीन महिनामा हिंसात्मक घटनामा ७ सय ५० भन्दा धेरैको ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : १२ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको