ब्राजिलको एक बारमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु « Khabarhub

ब्राजिलको एक बारमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


उत्तरी ब्राजिलमा एक बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

उत्तरी ब्राजिलको पारा राज्यस्थित बेलेम शहरमा रहेको एक बारमा कार र मोटरसाइकल चढी आएका नकाबधारी बन्दुकधारी पसेर जथाभावी गोली चलाएका हुन् ।

घटनामा अन्य एक जना घाइते भएको अधिकारीले जनाएका छन् । मारिनेमा ६ महिला तथा ५ पुरुष रहेको जनाइएको छ ।

आक्रमणको कारण थाहा हुन नसकेको र हालसम्म कसैलाई पनि गिरफ्तार नगरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली चलेको बेलेम शहरमा हिंसात्मक घटना नियमितजसो हुने गरेका छन् ।

पारा राज्यमा मात्रै यो वर्षको शुरुका तीन महिनामा हिंसात्मक घटनामा ७ सय ५० भन्दा धेरैको ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : १२ बजे

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए