ब्राजिलको एक बारमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलको एक बारमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


उत्तरी ब्राजिलमा एक बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

उत्तरी ब्राजिलको पारा राज्यस्थित बेलेम शहरमा रहेको एक बारमा कार र मोटरसाइकल चढी आएका नकाबधारी बन्दुकधारी पसेर जथाभावी गोली चलाएका हुन् ।

घटनामा अन्य एक जना घाइते भएको अधिकारीले जनाएका छन् । मारिनेमा ६ महिला तथा ५ पुरुष रहेको जनाइएको छ ।

आक्रमणको कारण थाहा हुन नसकेको र हालसम्म कसैलाई पनि गिरफ्तार नगरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली चलेको बेलेम शहरमा हिंसात्मक घटना नियमितजसो हुने गरेका छन् ।

पारा राज्यमा मात्रै यो वर्षको शुरुका तीन महिनामा हिंसात्मक घटनामा ७ सय ५० भन्दा धेरैको ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : १२ बजे

नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक

हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैन : नाट्टा

काठमाडौं– नेपाल एशोसिएसन टुर्र एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकटमा

चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह

काठमाडौं– चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार

भीमफेदी कार दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

मनहरी– मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा कार दुर्घटनामा

एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै छ : प्रधानमन्त्री प्रचण्ड

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तासमिकरणमै