कांग्रेसको जागरण अभियान– जिल्ला पुग्न नपाउँदै नेतालाई काठमाडौं फर्कने हतारो ! | Khabarhub Khabarhub

कांग्रेसको जागरण अभियान– जिल्ला पुग्न नपाउँदै नेतालाई काठमाडौं फर्कने हतारो !



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरु गरेको देशव्पायी जागरण अभियनमा नेताहरुकै अरुची देखिएको छ । पहिलो चरणको अभियान शुरु गरेको कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई एकमहिना जिल्लामै रहन निर्देशन दिइएको भएपनि नेताहरु भने काठमाडौं फर्किइसकेका छन् ।

सांसदहरु संसद बैठक चलिरहेका कारण भन्दै तोकिएको जिल्लामा एकदिन मात्रै गएर काठमाडौं फर्किएका छन्, भने केही केन्द्रीय प्रतिनिधिहरुले पार्टी कार्यालयले निर्धारण गरेको जिल्लामा व्यवहारिक कारण देखाउँदै जिल्ला परिवर्तन गरे ।

पूर्वमहामन्त्रीसमेत रहेका प्रकाशमान सिंह मात्रै होइन, युवा नेता गगनकुमार थापा, संसदीय दलकी सचेतक पुष्पा भुसाल लगाएतका सांसदहरु संसद बैठक चलेको र प्रि–बजेट छलफल भइरहेको कारण अभियानको उद्घाटन समारोह सकाएर काठमाडौं फर्किसकेका छन् ।

कांग्रेस भन्छ– तोकिएअनुसार काम नभए कारवाही

जागरण अभियान घोषणा गर्ने समयमा कांग्रेसले पहिलो चरणको कार्यक्रमका लागि केन्द्रीय प्रतिनिधि एक महिना जिल्लामै रहने बताएको थियो ।

एक महिना जिल्लामै रहने, जिल्ला जाँदा र आउँदा सकभर आफ्नै स्रोतबाट खर्च गर्न लगायतका निर्देशन केन्द्रीय कार्यालयले दिएको कांग्रेसले बताएको थियो । तर उद्घाटन कार्यक्रम सकेर केन्द्रीय प्रतिनिधि राजधानी फर्किएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला, क्षेत्र र स्थानीय स्तरमा कार्यक्रमहरु तय गरेर प्रतिनिधिहरु अन्यत्र गएको हुनसक्ने बताए ।

‘अभियानको समग्र समिक्षा गर्ने बेला त भइसकेको छैन’ प्रवक्ता शर्माले भने,‘भर्खर गाडी स्टार्ट भएको छ, त्यसले गति लिँदैछ, ७७ वटै जिल्लामा कार्यक्रम उद्घाटन भए कतै क्षेत्रीय स्तरमा कार्यक्रम, कतै गाउँस्तरमा कार्यक्रमहरु भइरहेका छन् । प्रतिनिधिहरुले उत्साहपुर्वक कार्यहरु गरिहनुभएको छ ।’

कतिपय ठाउँमा कमीकमजोरीहरु भएको स्वीकार गर्दै प्रवक्ता शर्माले भने,‘ कतिपय ठाउँमा कमीकमजोरी भएका छन्, भनिएअनुसार काम नभएको छ, तर पनि जागरण अभियानले गति लिएको छ, विस्तारै यसले अझै गति लिनेछ ।’

एकमहिना जिल्लामै रहेर स्थानीय कार्यकर्ताहरुसँग छलफल चलाउने बताएको कांग्रेसका केन्द्रीय प्रतिनिधिहरु काठमाडौँ फर्किएको समयमा प्रवक्ता शर्मा भन्छन्,‘हामीले निर्धारण गरेको कार्यक्रम एक महिनाका लागि हो, स्थानीय स्तरमा, क्षेत्रीय स्तरमा कार्यक्रमहरु हुन्छन्, केही विषयगत कार्यक्रमहरु पनि हुन्छन्, जस्तो भ्रष्टाचार लगाएतका कार्यक्रमहरु कसैले ३० दिनमा नसकेर ४/५ दिन अरु थप्न पनि सक्नुहन्छ, कतिपयले २० दिनमै पनि सक्नुहोला । तर कुनै प्रतिनिधिले जिल्लामा गर्नुपर्ने काम पर्म लगाएजस्तो गरेर गर्नुभएको छ भन्ने केन्द्रीय कार्यालयमा आयो भने प्रतिनिधिलाई परिवर्तन गर्छ, फिर्ता गर्छ ।’

तीन चरणको जागरण अभियान

कांग्रेसले पार्टी जागरण अभियानलाई तीन चरणमा सञ्चालन गर्दैछ । त्यस क्रममा अहिले पहिलो चरणको कार्यक्रम चलिरहेको छ ।

प्रथम चरणको कार्यक्रम आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते ९बिपी जयन्ती० का दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । यसैगरी तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते ९राष्ट्रिय मेलमिलाप दिवस० मा समापन हुने कांग्रेसले जनाएको छ ।

नीति र नेतृत्व विनाको अभियान– विश्लेषक

कांग्रेसले पार्टी शुद्धीकरणका लागि जागरण अभियान चलाएको बताएपनि कांग्रेस बुझेका विष्लेषकहरु भने जागरण अभियान नीति नभएको र नेतृत्व समेत योग्य नभएको भन्दै अभियानकै प्रभावकारितामाथि प्रश्न उठाएका छन् । राजनीतिक विश्लेषक पेशल निरौला भन्छन्,‘कांग्रेस पार्टी नै जागरण र अभियानहरुबाटै आएको पार्टी हो । जब जनताको विश्वास जुन पार्टीहरुमा रहँदैन, त्यो पार्टी अगाडि बढ्न सक्दैन । जब कांग्रेसमा आमुल परिवर्तन हुँदैन, कांग्रेसको नेतृत्वप्रति जबसम्म जनताको विश्वास जबसम्म हुँदैन, तवसम्म अभियान विना उद्धेश्यको, विना लक्ष्यको भड्काव मात्रै हुनेछ ।’

जागरण केका लागि र किन भन्ने विषयमा कांग्रेस आफैं प्रस्ट हुन नसकेको उनको भनाइ छ । उनी भन्छन्,‘ जागरण सत्ताका लागि हो ? आफ्नो पद जोगाउनका लागि जागरण अभियान हो ? जागरण के का लागि हो ? कांग्रेस यो विषयमा स्पष्ट छैन ।’

आफू र आफनो समूह मात्रै संगठित हुने अभियानका रुपमा व्याख्या गर्दै निरौला भन्छन्,‘आफू, आफ्नो समूह र गिरोहलाई वलियो बनाउने एउटा साजिस मात्रै हो ।’

तर कांग्रेसले भने देशव्यापी जागरण अभियानले कार्यकर्ताका बीचमा उत्साह सिर्जना गरेको दाबी गरेको छ । जिल्ला सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरुको असन्तुष्टि लगाएतका विषय सम्बोधन नगरी र नेतृत्वविहिन रहेका भातृ संगठनहरुलाई पूर्णता नदिई सञ्चालन गरिएको अभियानले राष्ट्रिय राजनीतिमात्रै होइन, पार्टीकै आन्तरिक जिवनमा समेत खासै महत्व नराख्ने एकथरीको तर्क छ ।

जागरण अभियानमा संगठनको अभाव !

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख ३० गते सोमबार विराटनगर पुगेर जागरण अभियान महाधिवेशन सार्ने एउटा वाहना मात्र भएको आरोप लगाए ।

उनले आफूलाई जागरण अभियानका लागि खटाइएको काभ्रेको कुनै गाउँपालिकामा कांग्रेसको संगठन नै नभएको बताए । त्यसका कारण जागरण अभियानमा समेत समस्या परेको उनको तर्क छ । डा. कोइरालाले भने‘जागरण अभियानका क्रममा म काभ्रेमा खटिएको छु तर काभ्रैमा कुनै गाउँपालिकामा हाम्रो संगठन छैन, कहाँ र कसलार्य जागरण गर्ने ? त्यसैले यो जागरण पनि महाधिवेशन र्सोे एउटा बहाना हो भन्ने लागेको छ ।’

अन्य जिल्लाहरुमा पनि जागरण अभियानका क्रममा आयोजना गरिएका कार्यक्रममा गुटगत प्रभाव देखिएको छ । अझ भन्नु पर्दा सुसुप्त अवस्थामा रहेको गुटगत अभ्यासलाई जागरण अभियानले सतहमा ल्याइदिएको छ । जसको उदाहरणको रुपमा सिन्धुपाल्चोकमा आयोजना गरिएको जागरण अभियानका क्रममा भएको झडपलाई लिन सकिन्छ ।

कांग्रेसले साच्चिकै पार्टीमा जागरण ल्याउने हो भने उसले गुटगत रुपमा तल्लो तहसम्म गर्दै आएको क्रियाकलापलाई बन्द गर्दै सामूहिकतामा जोड दिन आवश्यक रहेको छ । एकले अर्कोलाई स्वीकार गर्ने र पार्टीलाई कसरी माथि लैजाने भन्ने चिन्तन कांग्रेसीजनले गर्न सक्ने हो भने मात्र पनि नेपाली कांग्रेसमा वास्तविक जागरण आउने थियो । जागरण अभियानका मञ्चहरु एक नेताले अर्को नेताविरुद्ध प्रयोग गर्ने भन्दा कार्यकर्तामा उत्साह र उर्जा भर्न कांग्रेस नेताले ध्यान दिएको दिन आवश्यक रहेको कतिपयको भनाइ छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : २६ बजे

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ