फूटपाथको बहानामा धरहरा पुन:निर्माणको काममा अवरोध | Khabarhub Khabarhub

फूटपाथको बहानामा धरहरा पुन:निर्माणको काममा अवरोध



काठमाडौं– भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरोहर (धरहरा)को पुनःनिर्माण कार्य विगत ३ दिनदेखि रोकिएको छ । निर्माणको क्रममा ऐतिहासिक सम्पदा मार्ग बन्द गर्न नहुने भन्दै स्थानीय तथा व्यापारीले गत शुक्रबारबाट अवरोध गरेसँगै निर्माण कार्य स्थगित बन्न पुगेको हो ।

स्थानीयले विरोध गरेसँगै ३ दिनदेखि धरहरा पुनःनिर्माण काम स्थगित भइरहेको धराहरा निर्माण परियोजनाका सुरक्षा प्रमुख दीपक उपाध्ययले जानकारी दिए । भूकम्प गएको तीन वर्षपछि गत १२ पुस २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले धराहरा पुनःनिर्माणको शिलान्यास गरेका थिए । हालसम्म धराहरा पुनःनिर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको निर्माण पक्षले दाबी छ ।

धरहरा पुनःनिर्माणको काम स्थगित भएसँगै त्यहाँ खटिएका करिब १ सय जना कर्मचारी/कामदार पनि कामबिहीन बनेका छन् । स्थानीय र व्यापारीको दबाबले अहिले पैदल मार्ग खुला भएपछि निर्माण कार्यमा थप बाधा बन्न पुगेको छ ।  निर्माण कार्य भइरहेको स्थानबाट यात्रुले आवतजावत गर्दा काम गर्न प्रत्यक्ष असर पुग्ने गरेको पुनःनिर्माणको जिम्मा पाएको कम्पनीले जनाएको छ । धरहरा निर्माण परियोजनाका सुरक्षा प्रमुख दीपक उपाध्यय भने, ‘पैदलयात्रुको ओहोरदोहोर छ, जसकारण निर्माण सामग्री टुडिखेल लगेर राखेका छौँ ।’

‘पैदल यात्रु हिडिँरहँदा काम गर्न असहज हुन्छ, मानिस हिडिरहेका छन्, सामान झार्दा कसैलाई चोटपटक लाग्यो भने त्यसको जीम्मा कस्ले लिने ?’ उनले भने । उनका अनुसार निर्माण शुरु गर्ने क्रममा स्थानीयले सुन्धाराबाट खिचापोखरी हुँदै जाने बाटो पदमार्ग बनाउन आग्रह गरेका थिए । स्थानीयले भनेबमोजिम काम गरिरहेको बताउँदै उनले भने ‘बाटोको पिच गर्ने कार्य भइरहँदा बाटोमा दैनिक पानी हाल्ने, स्ल्याप राख्ने काम गरिरहकै छौँ, तर अहिले स्थानीयले पुरै काममा अवरोध गरेका छन् ।’

‘कन्ट्रक्सन साइटहरु कुनै पनि क्षेत्रमा यसरी खुल्ला राख्न मिल्दैन, यहाँ मेसिन, मेटरियल, इक्युक्मेन्ट हरेक चिज हुन्छ, पैदलयात्रु हिड्नसाथ हामीलाई मेटरियल ल्याउन र राख्न असुरक्षित हुन्छ’ खबरहबसँग कुरा गर्दै उनले भने । कन्ट्रक्सन क्षेत्रमा पैदलमार्ग राख्दा विभिन्न समस्या आइपर्ने उनको भनाइ छ । उनका अनुसार पैदल मार्ग खुलाउना साथ हरेक नियतका मानिस हिड्छन् । सुरक्षाका दृष्टिकोणले पनि जोखिम हुनसक्ने उनले बताए ।

हाल धराहरा निर्माण क्षेत्र नेपालटेलिकम–खिचापोखरी–काठमाडौं मल तीन तिरै पस्ने मुख्य बाटो जस्तो बनेको छ । ३ दिनदेखि अवरुद्ध भएको धरोहर पुनःनिर्माण कार्य निरन्तरताका लागि के गर्ने भन्ने विषयमा आइतबार सोही वडाका वडा अध्यक्ष, विशालबजारका प्रहरी डिएसपी, प्राविधिक एक्सपोर्ट, हुलाक कार्यलयका डी.जी, लगायतका निकायसँग छलफल भएको प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।

छलफलमा श्रेष्ठले पैदल मार्ग बन्द गरेर काम गर्ने वातावरण सिर्जना गराउनका लागि वडा अध्यक्षसँग अनुरोध गरेको बताए । तर अध्यक्षले पैदलमार्ग खुल्ला राखेरै काम गर्नुस् भनेका छन् ।

‘पैदल यात्रु तथा व्यापारीको अवरोधपछि अहिले काम शतप्रतिशत नै अवरोध भएको छ’ खबरहबसँगको कुराकानीमा प्रोजेक्टका म्यानेजर श्रेष्ठले, ‘यसको दीगो समाधानका लागि हामीले विभिन्न निकायसँग कुरा गरिरहेका छौँ, तत्कालका लागि बिहान साढे ६ बजेदेखि बेलुका ६ बजेसम्म पदमार्ग खुल्ला रहने गर्छ भने रातिको समयमा बन्द गर्छौं ।’

के भन्छन् स्थानीय

धराहरा ऐतिहासिक सम्पदा भएको हुँदा भत्किएकै अवस्थामा पनि त्यस क्षेत्रको अवलोकन गर्न चाहनेहरु धेरै हुन्छन् । पुनःनिर्माणको काम भइरहेको अवस्थामा पनि बाहिर तथा टाढैबाट भए पनि हेर्न पाउनुपर्ने तथा अवलोकन गर्न पाउनुपर्ने बताउँछन्– स्थानीय उद्धव मैनाली ।

‘यहाँ देशभरीका मानिस आउँछन् । भूकम्पले भत्किएपछि सम्पदा कस्तो बन्यो र सम्पदा हेर्ने चाहना सबैको हुन्छ । सम्पदा क्षेत्र सबैले अवलोकन गर्न पाउनुपर्छ भन्दै सम्पूर्ण स्थानीयले अवरोध गरेका थियौँ’ उनले भने ।

बाटो अवरुद्धका कारण स्थानीय नेवार समुदायले द्धादशीका दिन मरेकाहरुका नाममा दिने बत्ती (मत्तिया) बाटो पनि भएको र सो मार्ग साँस्कृतिक मार्ग पनि रहेकाले छेक्न नहुने स्थानीयको तर्क रहेको छ ।

व्यापारीका गुनासा

धराहरा पुनःनिर्माण शुरु भएको ६ महिना बित्दा ७ लाख भन्दा बढि घाटा व्यहोर्नु परेको व्यापारी रिता श्रेष्ठ बताउँछिन् । काठमाडौं मलको भुइ तलामा उनको रेष्टुरेन्ट छ । धराहरा पुनःनिर्माण गर्नका लागि उनको रेष्टुरेन्ट अगाडि नै गेट बन्द गर्दिएपछि होटलमा खाजा खान आउनेहरु नभएको उनले गुनासो गरिन् ।

‘गेट बन्द भएपछि होटल नै सुनसान् हुन्छ, ग्राहक आउने बाटो नभएपछि ६ महिनामा ७ लाख घाटा खाइसक्यौँ, अब यो बाटो खोल्नैपर्छ’, उनले भनिन् । काठमाडौं मलका भुइ तलामा व्यापार गर्ने अधिकांश व्यापारीहरुको पीडा एउटै छ ।

‘धराहरा पुनःनिर्माण सम्पन्न गर्न ३/४ वर्ष लाग्ला, कहिलेसम्म घाटा खाने’ अर्की व्यापारी निरु तुलाधरले भनिन् । उनी विगत १४ वर्षदेखि सोही स्थानमा कपडाको व्यापार गर्दै आइरहेकी छिन् ।

जब धरहरा निर्माण गर्न पदमार्ग छेकियो तब दिनभरी बस्ने मात्रै काम भइरहको उनी बताइन् । मासिक ३० हजार रुपैयाँ भाडा तिर्नुपर्ने बताउँदै उनी भन्छिन्, ‘दिनभरी बस्यो, महिना मरेपछि भाडा तिर्ने पैँसासम्म कमाइ हुदैँन ।’ ६ महिनासम्म यो पीडा खेपे पनि अब हामी पदमार्ग छेक्न दिदैनौँ तुलाधारले भनिन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ५ : ३१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका