अमेरिकासँग युद्ध गरे इरानको अन्त्य हुन्छः ट्रम्प « Khabarhub

अमेरिकासँग युद्ध गरे इरानको अन्त्य हुन्छः ट्रम्प


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकाविरुद्ध युद्ध चाहिरहेको भन्दै अमेरिकाविरुद्धको युद्धले इरानको अन्त्य हुने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै इरानले अमेरिकाविरुद्ध युद्ध नै चाहेको भए इरानको ‘औपचारिक रुपमै’ अन्त्य हुने चेतावनी दिएका हुन् । उनले ट्विटमा अमेरिकालाई नधम्क्याउन समेत इरानलाई चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले इरानलाई दिएको यो हालसम्मकै सबैभन्दा कडा चेतावनी हो । यसअघि राष्ट्रपति ट्रम्पले इरानसँग युद्ध नचाहेको जनाएका थिए । पछिल्लो समय इरान र अमेरिकाबीचको सम्बन्ध निकै खराब चलिरहेका बेला राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी आएको हो ।

यसैबीच इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको छ । बगदादको ग्रिन जोनमा रेकट आक्रमण भएको जनाइएको छ । आक्रमणमा कुनै मानवीय तथा भौतिक क्षति नपुगेको अधिकारीले जनाएका छन् । यता अमेरिकी अधिकारीले भने ‘अमेरिकालाई लक्षित गरी गराइएको’ उक्त आक्रमणमा इरान समर्थित लडाकुको हात रहेको हुनसक्ने भन्दै अनुसन्धान थालिएको जनाएका छन् ।

केही दिनअघिमात्र अमेरिकाले इरान समर्थित लडाकुबाट आक्रमण हुनसक्ने भन्दै इराकमा रहेको अमेरिकी राजदूतावास तथा इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी इर्बिलमा रहेको नियोगबाट आफ्ना कर्मचारी फिर्ता गरेको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ६ : ४५ बजे

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा

दशैँसम्मका लागि २० फिल्म लाइनमा: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले