ट्रकमा आगजनी, विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ « Khabarhub

ट्रकमा आगजनी, विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्याकर्ता सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकाका ३३ वर्षिय पूर्णबहादुर बुढाथोकी र वीरेन्द्रनगर नगरपालिका १२ का ४८ वर्षिय कमल विसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक सोधपुछ भइरहेको जनाइएको छ । यसअघि हिजो नै विप्लव समूहले आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा सुर्खेत बन्द गर्दै विरोध प्रदर्शन गरेको थियो । बन्दका क्रममा सवारी साधन चलाएको भन्दै बन्दकर्ताले आगजनी समेत गरेका थिए ।

उनीहरुले ना ६ ख १७३२ नम्बरको ट्रकलाई पश्चिम सुर्खेतको बड्डीचौरमा र नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रकलाई सदरमुकाम वीरेन्द्रनगर नजिकै सत्तरीमा आगजनी गरेको थिए ।

बन्दका कारण सुर्खेतबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसक्दा यात्रुले सास्ती व्यहोर्नु परेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ५ : ४१ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको