निर्मला हत्या प्रकरणको ‘कोपिला’ चाँडै पर्दामा « Khabarhub

निर्मला हत्या प्रकरणको ‘कोपिला’ चाँडै पर्दामा


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । समाज, समय र परिस्थिति चलचित्रको पाटो हो । चलचित्रमा हासो, रोदन र एक्सनलाई समावेश गरी दर्शकलाई मनोरञ्चन प्रदान मात्र गरिँदैन, चलचित्रबाट समाजलाई एक किसिमको सन्देश दिने गरिन्छ । यस्तै अहिलेको चर्चित र जल्दोबल्दो घटना निर्मला हत्या प्रकरणलाई चलचित्रमा उतारिएको छ ।

कञ्चनपुरकी १३ बर्षीय स्कूले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना बढी वित्यो, प्रहरी प्रशासनले अझैसम्म दोषी पत्ता लगाउन सकेको छैन । पन्तको हत्यारालाई कारबाहीको माग दिनहुँ हजारौं सर्वसाधारण सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पञ्चायत’ निर्देशन गरेका शिवम अधिकारीले यो फिल्मको निर्देशन गरेका हुन् । हालै एक महिनादेखि चलिरहेको फिल्मको छायांकन सकिएको छ ।

त्यसो त सामाजिक कथावस्तु नै चलचित्रको पहिलो प्राथमिकतामा रहने गर्छन् । गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो । बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् ।

यस्ता धेरै स–साना अबोध बालिकाहरु बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च पाउने अधिकार नै गुमाउन पुगेका छन् । यिनै कहालीलाग्दो घटनाक्रमसँग नजिक रहेर ‘पञ्चायत’ निर्देशक शिवमले नयाँ फिल्म ‘कोपिला’ बनाएका हुन् । निर्देशक अधिकारीले चलचित्र कोपिला ‘पञ्चायत’ जस्तैजस्तै रहेको बताए । उनले भने,‘मात्र परिस्थिति र परिवेश फरक हो । वर्षौदेखि बलात्कारको घटनाहरु घटिरहेका छन् । यही संवेदनशील विषयमा केन्द्रित रहेर फिल्म बनाइएको छ । फिल्ममार्फत् यस्तो ग¥यौं भने बलात्कारको घटना रोक्न सकिन्छ भन्ने हामीले एउटा दृष्टिकोण बनाएका छौं र सन्देश दिन चाहेका हौं ।’

चलचित्रमा समिर मिया, रामेश्वर र मेनुका ढुंगाना सह निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षेत्री लगायतको अभिनय रहेको छ ।
चलचित्रमा पन्तको बलत्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था चित्रण गरिएको छ । फिल्मको प्रमुख पात्र निर्मला अर्थात् टाइटल क्यारेक्टरमा सञ्जीवनी खरेललाई कास्ट गरिएको छ ।

‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थितिलाई समेत समावेश गरिएको जनाइएको छ । फिल्ममा मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  २ : १३ बजे

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन