मोटरसाइकल दुर्घटनामा नगरप्रवक्ताको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा नगरप्रवक्ताको मृत्यु


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज (बिहीबार) बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर जाँदै गर्दा गत बुधबार वडा नं ४ को चक्कीबगड भन्ने स्थानमा बा२ब २५२ नंको मोटरसाइकल दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको थियो । कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष (आइसियू) राखेर उपचार हुँदाहुँदै भट्टको बिहान ३ बजे मृत्यु भएको हो ।

यसैबीच वडाध्यक्ष तथा नगर प्रवक्ताको निधन भएपछि पुर्चौडी नगरपालिकाले आज शोकसभा पारित गर्दै आज नगरपालिकाका सम्पूर्ण काम स्थगन गरिने नगरप्रमुख रणबहादुर कुँवरले बताए । मृतक भट्ट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बैतडी जिल्ला कमिटी सदस्यसमेत हुन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ८ : ३८ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।